कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। पुलिस दिवसको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य तथा देशभरिका पुलिसकर्मीहरूलाई शुभकामना दिइन्। उनले ट्वीट गरी भनिन्, पुलिस बलले समाजमा कानून व्यवस्थालाई काम राख्नको लागि निरन्तर संघर्ष गर्दछ भने उनीहरूको निःस्वार्थ सेवा, वीरता एवं समर्पणको फलस्वरूपै नागरिकहरूको सुरक्षा सुनिश्चित हुन्छ।
मुख्यमन्त्रीले लेखिन्, “यस पुलिस दिवसमा हामी वर्दीधारी ती नायकहरूलाई सम्मानित गर्दछौं जसले कानून र व्यवस्थाको रक्षाको लागि अडिग बसेका छन्। तपाईहरूको साहस, त्याग एवं समर्पणले हरेक दिन हाम्रो सुरक्षा र शान्तिलाई सुनिश्चित गर्दछ।”
स्मरण गराइन्छ, पुलिस दिवसको अवसरमा देशभरि नै पुलिसकर्मीहरूको सेवालाई स्मरण गरिन्छ अनि उनीहरूलाई सम्मानित गरिन्छ।
उल्लेखनीय छ, आधिकारिक घोषणा मुताविक पश्चिम बंगालमा पुलिस दिवस मनाउनको लागि एक सेप्टेम्बरको तिथि निर्धारण गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा