कोलकातामा मनाइयो दधीचि जयन्ती
कोलकातामा मनाइयो दधीचि जयन्ती


कोलकाता, 01 सेप्टेम्बर(हि.स.)। कोलकाताकोमानिकतल्लास्थित महर्षि दधीचि भवनमामहर्षि दधीचि जयन्ती मनाइयो। शुरूमा महर्षि तथामातेश्वरी दधिमथीको पूजा अर्जना गरियो जसमा ठूलो संख्यामा मातृशक्ति तथा समाजजनहरूले भाग लिए। समारोहको अध्यक्षता समाजसेवी तथा उद्योगपति जयनारायण दायमाले गरे।

प्रमुखअतिथिका रूपमापारिक सभाकाअध्यक्षएवंसमाजसेवी प्रभुदयाल पारिक तथा प्रधान वक्ताको रूपमाचिकित्सक डा. उषा आसोपा उपस्थित थिए भनेविशिष्ट अतिथिहरूमापार्षद विजय ओझार राजस्थान ब्राह्मण संघकी अध्यक्षा दुर्गा व्यासउपस्थित थिए।

ट्रष्टका अध्यक्ष प्रदीप सन्टुवालले उपस्थित मानिसहरूलाई स्वागत जनाउँदै महर्षि दधीचि जयन्तीको शुभकामना दिए। अतिथिहरूलाई अंगवस्त्र प्रदान गरी सीताराम तिवारी, हरिश आसोपा, विमल दोलावत, अनुपमा आसोपा एवं मञ्जुदोलावतले स्वागत जनाए।

प्रमुखअतिथि प्रभुदयाल पारिकले दधीचिकोत्यागलाई मानवताको रक्षाको लागि गरिएको महान त्याग बताउँदै आजको परिप्रेक्ष्यमा उनका आदर्शहरूलाई अनुसरण गर्न आवश्यक रहेको बताए। विसिष्ट अतिथि विजय ओझाले देश-विदेशमा दधीचि जयन्ती मनाइएकोमा हर्ष व्यक्त गर्दै उनका आदर्शहरूलाई संगठित भएर विस्तार गर्ने आह्वान गरे।

डा. उषा आसोपाले भवनमा संचालित निःशुल्क होमियो चिकित्सालयका सेवाहरूको बारेमा बताइन् अनि आगामी चिकित्सा शिविरको बारेमा जानकारी गराइन्। दुर्गा व्यासले निवेदन गरिन्, महर्षि दधीचिको जीवनको बारेमा नयाँ पिँढ़ीलाी बताउनको लागि समय-समयमा यस्तो आयोजन गरिनुपर्छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande