अररिया 01 सेप्टेम्बर (हि.स.)। एसएसबी 56औं वाहिनीको बाह्य सीमा चौकी जोगबनीको बीसीपी गेटमा भारत-नेपालका अधिकारीहरूको समन्वय समितिको बैठक द्वितीय कमान अधिकारी कार्यवाह कमाण्डेन्ट सञ्जीव कुमारको अध्यक्षतामा सम्पन्न भयो।
बैठकमा नेपालका आर्म्ड पुलिस फोर्स, नेपाल पुलिस एवं कस्टम जोगबनीका अधिकारीहरूको उपस्थिति रहेको थियो। सीमा सुरक्षा, सूचनाको आदान- प्रदान, सीएमपी अतिक्रमण, सीमामा हुने अपराध, तस्करी, थर्ड कन्ट्रीका नागरिकहरूको प्रवेश, वाहनहरूको आवागमन जस्ता मुद्दाहरूमाथि बैठकमा चर्चा गरियो।
बैठकमा एसएसबीका द्वितीय कमान अधिकारी सहकार्यवाह कमाण्डेन्ट सञ्जीव कुमार, उपकमाण्डेन्ट हर्षित कुमावत ,सहायक कमाण्डेन्ट अजय कुमार, सहायक उप-निरीक्षक प्रतीक कुमार, आर्म्ड पुलिस फोर्स नेपालको रानीका डीएसपी विकास खातिवाड़ा, निरीक्षक तारानाथ गौतम, रानी, नेपाल पुलिसको तर्फबाट इन्स्पेक्टर कबिन राई, एसआई सुभास अधिकारी, जोगबनी कस्टमका निरीक्षक मनीष कुमार आदि सामेल थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा