काजीरंगा राष्ट्रिय उद्यानमा अन्तर्राष्ट्रिय प्राइमेट दिवसको आयोजन
काजीरंगा राष्ट्रिय उद्यानमा अन्तर्राष्ट्रिय प्राइमेट दिवसको आयोजन


गोलाघाट (असम), 01 सेप्टेम्बर (हि.स.)। बाँदर प्रजातिको संकटग्रस्त स्तनपायी वन्यजीवहरूको संरक्षणप्रति जागरूकता फैलाउनको लागि 01 सेप्टेम्बर, 2005-देखि अन्तर्राष्ट्रिय प्राइमेट दिवस मनाउन शुरू गरिएको छ। काजीरंगा राष्ट्रिय उद्यानमा सोमवार अन्तर्राष्ट्रिय प्राइमेट दिवसलाई मध्यनजर गर्दै वन विभागद्वारा मानिसहरूलाई जागरूक गराउनको लागि जागरूकता कार्यक्रम आयोजना गरियो।

वन विभागले राष्ट्रिय उद्यानका वरपर अवस्थित ग्रामीण क्षेत्रहरूका मानिसहरूलाई स्तनपायी वन्य जीवहरूको संरक्षणको लागि उठाइने कदमहरूको बारेमा जानकारी गराइयो। काजीरंगा राष्ट्रिय उद्यानका अधिकारीहरूले ग्रामीणहरूलाई विलुप्तीको सँघारमा पुगेका यी जीवहरूको अस्तित्वलाई मानवीय अस्तित्वको लागि अत्यन्त महत्वपूर्ण बताउँदै यिनीहरूको संरक्षणको लागि हरसम्भव कदम उठाउने आह्वान गरे।

वर्तमानमा भारतमा 15 प्रकारका बाँदरहरूमध्ये उत्तर-पूर्व क्षेत्रमा 11 प्रकारको अनि असममा 9 प्रकारका बाँदरहरूको अस्तित्व छ। यस क्षेत्रमा बल दिनुपर्ने आवश्यकता के छ भने हालैमा बाँदर, टुपिमूर्ति बाँदर, लाजुकी बाँदर सहित प्राइमेट अन्तर्गत पर्ने केही वन्यजीव संकटग्रस्त भएका छन् वा समयसँगसँगै विलुप्तप्राय भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande