कृष्णनगर छात्रा हत्याकाण्डका मुख्य आरोपी देशराज सिंह यूपीबाट पक्राउ
कृष्णनगर छात्रा हत्याकाण्डका मुख्य आरोपी देशराज सिंह यूपीबाट पक्राउ


कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। कृष्णनगरकी छात्रा हत्याकाण्ड मामिलामा एक सप्ताहपछि पुलिसले मुख्य आरोपी देशराज सिंहलाई सोमवार भोर बिहान उत्तर प्रदेशबाट पक्राउ गऱ्यो। आरोपीलाई ट्रान्जिट रिमाण्डमा कोलकाता लाइँदैछ। मंगलवार आरोपीलाई रानाघाट अदालतमा पेश गर्नसक्छ। राज्य पुलिसले यसलाई ठूलो सफलता मानिरहेको छ।

पछिल्लो सोमवार भएको यस घटनामा आरोप छ, प्रेम सम्बन्ध विच्छेद भएपछि रूष्ट देशराजले प्रेमिकाको घरभित्रै पसेर गोली ठोकी हत्या गरिदिएको थियो। घटना घटेदेखि नै देशराज भागेको थियो। जाँचमा जुटेको पुलिसका टीमहरूले उत्तर प्रदेशका केही ठेगानाहरूमा जाँच अभियान संचालन गरे।

यसपूर्व गत आइतवार आरोपीका मामा कुलदीप सिंहलाई गुजरातको जामनगरबाट पक्राउ गरिएको थियो। जाँचबुझमा कुलदीपले स्वीकार गऱ्यो, उसैले आफ्नो भाञ्जालाई सुरक्षित ठेगानामा राख्न मद्दत गरेको थियो। यसैको आधारमा पुलिसले देशराजको ठेगानाको पत्तो लगायो। आरोपी नेपाल भाग्ने दाउमा थियो, तर त्यस अगावै पुलिसले उसलाई समात्यो।

कृष्णनगर पुलिस जिल्लाका एसपी अमरनाथले प्रेसवार्तामा बताए, भारत-नेपाल सीमातर्फ जाँदै गर्दा देशराजलाई पक्राउ गरियो। पक्रा पर्ने मामाबाट प्राप्त जानकारी अत्यन्त महत्वपूर्ण साबित भयो। हाम्रो टीमले उत्कृष्ट काम गऱ्यो। पीड़िताको परिवारले मानसिक आघातमा रहे पनि पुलिसलाई पूर्ण सहयोग गरिरह्यो। हामीलाई प्रारम्भिक केही घण्टाभित्रै महत्वपूर्ण सुइँको प्राप्त भएको थियो। सोही आधारमा यो कारबाही सम्भव हुन सक्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande