इम्फाल, 01 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिस एवं सुरक्षा बलहरूले संयुक्त अभियान संचालन गरी नशा तस्कर, प्रतिबन्धित सगठनका उग्रवादी एवं हतियार तस्करहरू आठ जनालाई पक्राउ गरेको छ। बितेको 24 घण्टाभित्रमा गरिएको कारबाही अवधि भारी मात्रामा हतियार, विस्फोटक, नशालु पदार्थ तथा अन्य प्रतिबन्धित सामग्रीहरू जफत गरिएको छ।
मणिपुर पुलिसले आज बताए अनुसार तेंगनौपाल जिल्लाको तेंगनौपाल नाका चेक पोस्टमा जहिया खान (25) र मोहम्मद जामिर खान (23)-लाई पक्राउ गरियो भने यिनीहरूबाट 3.387 किलो डब्ल्यूवाई ट्याबलेट र एउटा चार चक्के वाहन जफत गरियो। यसै दिन चुराचाँदपुर जिल्लाको पाओखोलाल (53) र कमखोलाल उपनाम लाल्पु (43)-लाई पक्राउ गरियो। यिनीहरूसित जाँचबुझ गरेर सिंगहत थाना क्षेत्रबाट 24 वटा साबुनदानीमा प्याक गरिएको ब्राउन शुगर जफत गरियो।
प्रतिबन्धित संगठन प्रीपाक (पीआरओ)-का दुई जना क्याडरहरूलाई पनि पुलिसले पक्राउ गरेको छ जसमा इम्फाल पूर्वका ताखेल अवांग लाइकाईबाट शलाइशराम सुरनजय सिंह उपनाम लामखोंबा (39) औ इम्फाल पश्चिमबाट फुरित्शाबम धर्मराज सिंह उपनाम नानाओ (25) सामेल छन्। एक जना आरोपीबाट एउटा आधार कार्ड सहित अन्य केही वस्तुहरू जफत गरिएको छ।
गए 30 अगस्तमा इम्फाल पश्चिमको कांतो साबल क्षेत्रबाट हतियार अनि विस्फोटकहरूको ठूलो भण्डार जफत गरियो जसमा तीन ग्रेनेड, 53 जिउँदो कारतूस, एक एलएमजी म्यागजिन, राइफल बायोनेट, संदिग्ध आईईडी सामग्री, सैन्य उपकरण औ सञ्चार साधन सामेल छन्।
अरंबाई तेंगगोल (एटी) संगठनका दुईजना कार्यकर्ताहरूलाई पनि पुलिसले पक्राउ गऱ्यो। यी आरोपीहरूको पहिचान थौबल जिल्लाको वांगजिंग लामडिंग बजार निवासी लाइशराम टोंडोम्बा सिंह (27) औ लामडिंग ममांग लाइकाई निवासी तूरंगबम अमरजीत मैतेई उपनाम याइमा (20)- को रूपमा भएको छ भने यिनीहरूबाट सात एचके 33 राइफल, दुई एम4ए1 कार्बाइन, दुई ग्लक .45 पेस्तोल, 36 खाली म्यागजिन, 100 राउण्ड कारतूस, मोबाइल फोन, आधार कार्ड, नगद र चार चक्के वाहन जफत गरिएकोछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा