टेंगाखाटमा बाबलू पुनारको हत्या मामिलामा नाबालिक पक्राउ
टेंगाखाटमा बाबलू पुनारको हत्या मामिलामा नाबालिक पक्राउ


डिब्रुगढ़ (असम), 01 सेप्टेम्बर (हि.स.)। टेंगाखाट पुलिसले बाबलू पुनार दु्साको हत्याको मामिलामा एकजना नाबालिक आरोपीलाई पक्राउ गरेको छ। पुलिसले बतायो, गत शुक्रवार साँझ लगभग 7 बजी पन्धुआ गाउँ निवासी बाबलू पुनारको योजनाबद्ध ढंगमा हत्या गरिएको थियो। आरोपीले चक्कुले प्रहार गरेर उसको ज्यान लिएको थियो। गए आइतवार राति पुलिसले आरोपीलाई पक्राउ गरेको हो।

सूत्र अनुसार पक्रा पर्ने आरोपीको उमेर 18 वर्षभन्दा कम रहेको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ भने हत्याको कारण पत्तो लगाउन आरोपीसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande