कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। कलकत्ता उच्च न्यायालयमा लगभग 350 अयोग्य घोषित उम्मेद्वारहरूले सोमवार याचिका दर्ता गरे। उनको भनाइ छ, एसएससीले नियम-कानूनहरूको पालन नगरी यो सूची जारी गरेको छ। त्यसैले उनीहरूलाई आगामी भर्ती प्रक्रियादेखि बाहिर राख्नु अन्यायपूर्ण छ। कलकत्ता उच्च न्यायालयले यस याचिकालाई स्वीकार गरेको छ। मामिलामाथि सुनवाई मंगलवार न्यायमूर्ति सौमेन भट्टचार्यको पीठमा हुने सम्भावना छ।
पश्चिम बंगालको चर्चित एसएससी घोटाला एकपटक फेरि अदालतको चौखटमा पुगेको छ। बंगालको स्कूल सर्भिस कमिशन (एसएससी)- द्वारा शनिवार कथित ‘दागी’ शिक्षकहरूको सूची जारी गरिएपछि अब ती अयोग्य ठहराइएका उम्मेद्वारहरूको ठूलो समूहले नयाँ भर्ती परीक्षामा सामेल हुने अनुमति मागिरहेको छ। याचिकाकर्ताहरूको प्रमुख माग छ, उनीहरूलाई आगामी 7 र 14 सेप्टेम्बरमा हुने लिखित परीक्षामा बस्ने अवसर दिइयोस्। उनीहरूको तर्क छ, केवल ‘दागी’- को सूची जारी गर्नु पर्याप्त छैन जबकि यसको पछाड़ि ठोस कारण र पारदर्शिता पनि आवश्यक छ।
कानूनी विशेषज्ञहरूको भनाइ छ, यदि अदालतले याचिकाककर्ताहरूको तर्कलाई गम्भीर रूपमा सुन्यो भने एसएससीको वर्तमान नियुक्ति प्रक्रियामाथि ठूलो प्रभाव पर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा