सिलगढ़ी, 01 सेप्टेम्बर (हि. स.)। नक्सलबाड़ी थानाको पुलिसले प्रचुर मात्रामा ब्राउन शुगर सहित एक जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करको नाम दोलचन सिंह हो जो हातिघिसाको चियारूजोत निवासी रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार बितेको राति दोलचन सिंह साइकिल मार्फत बागडोगरा गइरहेको थियो। प्राप्त सूचनाको आधारमा नक्लसबाड़ी थानाको पुलिसले किरण चन्द्र राय बगान संलग्न एशियन हाइवेको किनारमा उसलाई समात्यो। उसको जाँच र्दा 103 ग्राम ब्राउन शुगर जफत गरियो। पछि आरोपीलाई मादक पदार्थको तस्करी गरेको आरोपमा पक्राउ गरियो। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा