कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल शिक्षक भर्ती आन्दोलनका प्रमुख अनुहारहरूमध्ये एक सुमन विश्वासले आरोप लगाए, करूणामयी मेट्रो स्टेशनमा पुलिसले उनीसित दुरव्यवहार गऱ्यो जबकि उसलाई कोलकाता उच्च अदालतबाट सुरक्षा सम्बन्धि आदेश प्राप्त भएको थियो।
विश्वासले दाबी गरे, यस अवधि उनको कुर्ता च्यातिदियो, मोबाइल फोन फुटाइदियो साथै सादा वर्दीमा रहेका पुलिसकर्मीहरूले उनीमाथि हमला गरे। उनले भने, “पुलिसले मलाई पक्राउ गर्ने चेष्टा गरिरहेको थियो। उनीहरू आन्दोलनलाई रोक्न र मलाई पश्चिम बंगाल सर्भिस कमिशनका अधिकारीहरूसित भेट गर्नदेखि रोक्न चाहन्छन्।”
प्रत्यक्षदर्शी र अन्य आन्दोलनकारी शिक्षकहरूको आरोप छ, पुलिसकर्मीहरूले विश्वासलाई कलरमा समातेर घिसारे जसले गर्दा घटनास्थलमा हातपात भयो। यो घटना सोशल मीडियामा लाइभ स्ट्रीम पनि भयो। विश्वासको भनाइ छ, उच्च अदालतले उनी लगायत चारजना प्रतिनिधिहरूलाई एसएससी मुख्यालयमा जाने अनुमति दिएको थियो।
यसबीच अपरान्ह आयोगको मुख्यालयतर्फ सम्भावित ऱ्यालीलाई रोक्नको लागि सल्ट लेक क्षेत्रमा ठूलो संख्यामा पुलिसलाई तैनाथ गरियो। पुलिसको भनाइ छ, विश्वासले एक “अनधिकृत ऱ्याली” निकाल्ने चेष्टा गरिरहेका थिए जबकि क्षेत्रमा धारा 144 लागू छ। पुलिसले यो पनि स्मरण गरायो, उनलाई पहिला 18 अगस्तमा पनि यसरी नै मार्च अगावै हिरासतमा लिइएको थियो।
अर्कोतिर विश्वासको परिवारले आरोप लगायो, गए आइतवार अबेर राति पुलिस उनको हुगली जिल्लाको ब्याण्डेलस्थित घरमा छापा मार्न आएको थियो, तर सीसीटीभी क्यामरा रहेको कारणले पुलिस भित्र पस्न सकेन। उनको भाइले भने, लगातार यस किसिमको कारबाहीले पुलिसको “छटपटी र पागलपन”-लाई दर्शाउँछ जसबाट आन्दोलनलाई दमन गर्ने चेष्टा गरिँदैछ। यसरी नै नोकरी निम्ति इच्छुक उम्मेद्वारहरूको भनाइ छ, एसएससीले पहिला नै अयोग्य र भ्रष्ट उम्मेद्वारहरूको सूची जारी गरिसकेको, त्यसैले नयाँ परीक्षा दिने कुनै आवश्यकता छैन।
भाजपा विधायक शुभेन्दु अधिकारीले पनि यस मुद्दामा राज्य सरकारलाई घेरेका छन्। उनले भने, दोषी उम्मेद्वारहरूको पहिचान भइसकेको छ भने “इमानदार र योग्य शिक्षक”-हरूलाई तत्काल बहाल गर्नुपर्छ। अधिकारीले आश्वासन दिए, यदि सरकारले यस मामिलामा उच्चतम न्यायालयको ढोका ढक्ढकायो भने उनले विधानसभामा योग्य उम्मेद्वारहरूको बहाली सम्बन्धि कुनै पनि प्रस्तावलाई समर्थन गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा