लुटपाटको मामिलामा आरोपी पक्राउ
लुटपाटको मामिलामा आरोपी पक्राउ


नयाँ दिल्ली, 1 सेप्टेम्बर (हि.स.)। मध्य जिल्लाको कमला मार्केट थाना पुलिसले लुटपातको मामिलालाई मात्र 24 घण्टामा सुल्झायो। पुलिसले यस सम्बन्धमा एक जना आरोपीलाई पक्राउ गरी उसको कब्जाबाट लुटेको नगद र सिकायतकर्ताको आधार कार्ड जफत गरेको छ। घटनामा प्रयोग गरिएको ई-रिक्शालाई पनि जफत गरिएको छ। आरोपीको पहिचान विरेश उवनाम विरू(21)-को रूपमा भएको छ।

मध्य जिल्लाका डीसीपी निधिन वालसन अनुसार गए 30 अगस्तको साँझ लगभग 7 बजी शाहगञ्ज चौकदेखि अजमेरी गेटसम्म गइरहेका यात्री रफी गुलले ई-रिक्शा भाड़ामा लियो। रिक्शा चालकसित अर्को युवक पनि बसेको थियो। अजमेरी गेट नजिक पुगेपछि यात्री टोटोबाट उत्रिरहेको थियो अचानक टोटो चालक र उसको साथीले उमाथि हमला गऱेर लुटे। पर्समा लगभग 20-25 हजार रुपियाँ नगद र आधार कार्ड थियो। घटनालाई परिणाम दिएपछि दुवै आरोपीले ई-रिक्शालाई घटनास्थलमै छोड़ेर सुइँकुच्चा ठोके। पीड़ितको सिकायतमा थाना कमला मार्केटमा मामिला दर्ता गरी जाँच शुरू गरियो। डीपीसी अनुसार पुलिस टीमले क्षेत्रको सीसीटीभी फुटेजको जाँच सहित स्थानीय सुराकीहरूको सहयोगले आरोपीलाई पक्राउ गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande