लखनऊमा अटो चालकको छिमेकीले चक्कु घोपी हत्या गऱ्यो
लखनऊमा अटो चालकको छिमेकीले चक्कु घोपी हत्या गऱ्यो


लखनऊ, 01 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊमा एक अटो चालकको छिमेकीले सोमवार चक्कु घोपेर हत्या गऱ्यो। सूचना पाएर गोसाईगंज पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। आरोपीलाई हिरासतमा लिइएको छ।

थाना प्रभारी ब्रजेश कुमार त्रिपाठीले बताए, मोहनलालगंजको गदियाना मोहल्ला निवासी पवन कुमार (27) अटो चालक थियो। उ सदा झैं अटो चलाउन घरबाट निस्केको थियो। उसंग मोहल्लाकै मोहित रावत पनि थियो।

प्रत्यक्षदर्शीहरू अनुसार, उम्मेदखेड़ा पुग्नसाथ मोहित र पवनबीच झगड़ा शुरू भयो। सोही अवधि उसले पवनको घाटीमा चक्कुले हमला गर्नु शुरू गऱ्यो।

पवन मद्दतको निम्ति चिच्याउन थाल्यो र बटुवाहरू आएको देखेर मोहित भाग्न थाल्यो। भीड़ले उसलाई समात्यो र कुट्नु शुरू गऱ्यो। सूचना पाएर पुलिस पनि घटनास्थलमा पुग्यो तर अटो चालकको मृत्यु भइसकेको थियो। पुलिसले आरोपीलाई हिरासतमा लिएर उदेखि हत्यामा प्रयोग गरिएको चक्कु जफत गरेको छ। पुलिसले उसित अपराधको कारण जान्न सोधपुछ गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande