कोलकाता, 01 सेप्टेम्बर(हि. स.)। पश्चिम बंगाल विधानसभामाभाजपाशासित राज्यहरूमा बंगला भाषी प्रवासीहरूमाथि कथित रूपमा भएको हमलालाई लिएर सत्तारूढ़ तृणमूल कंग्रेसलेएक निन्दा प्रस्ताव पेश गर्न गइरहेको छ। यस मुद्दामा तीन दिवसीय विशेष सत्र बोलाइएको छ जसमा आगामी बिहीवार मुख्यमन्त्री ममता ब्यनर्जी पनि सामेल हुने सम्भावना छ।
विधानसभा अध्यक्ष बिमान ब्यनर्जीले सोमवार बताए, यस विशेष सत्रमा प्रवासी कामगारहरूमाथि हमलाको विषयमा विस्तृत चर्चा हुनेछ। मंगलवार अनि बिहीवार यसको निम्ति दुई-दुई घण्टाको समय निर्धारण गरिएको छ। उनले भने, अन्य राज्यहरूमा बंगला भाषी मानिसहरूमाथि भइरहेको कथित हमला दुर्भाग्यपूर्ण मात्र नभएर अत्यन्त चिन्ताजनक पनि हो। यस मुद्दामाथि महत्वपूर्ण चर्चा हुनेछ र हामीलाई आशा छ विपक्षी विधायकहरूले पनि शान्तिपूर्वक यसमा भाग लिनेछन्।
उनले अझ भने, आगामी बिहीवार मुख्यमन्त्री ममता ब्यनर्जीले सदनमा उपस्थित रहेर यस विषयमा आफ्नो कुरा राख्न सक्नेछन्। उल्लेखनीय छ, आगामी 3 सेप्टेम्बर करम पूजाको कारणले विधानसभाको कार्यवाही स्थगित रहनेछ।
तृणमूल कंग्रेसको भनाइ छ, भाजपा शासित राज्यहरूमा बंगला भाषी मानिसहरू विशेष गरी प्रवासी कामगारहरूलाई लक्षित गरिँदैछ र पार्टीले यसमुद्दामा विधानसभादेखि लिएर सड़कसम्म विरोध दर्ता गराइरहनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा