सिउड़ी प्राथमिक विद्यालयमा छात्रको शर्ट खोलाएकोमा बबाल, अभिभावकहरूको विरोध प्रदर्शन
सिउड़ी प्राथमिक विद्यालयमा छात्रको शर्ट खोलाएकोमा बबाल, अभिभावकहरूको विरोध प्रदर्शन


बीरभूम, 01 सेप्टेम्बर (हि.स.)। जिल्लाको सिउड़ी प्राथमिक विद्यालयमा सोमवार यूनिफर्मलाई लिएर ठूलो विवाद उत्पन्न भयो। आरोप छ, विद्यालयकी प्रधानाध्यापिका दीपा दत्ताले नियमहरूलाई आधारको रूपमा पेश गर्दै छात्रको शर्ट खोलाइन्। घटनाको कारणले छात्र मानसिक रूपमा चोटिल भयो अनि अभिभावकहरूले स्कूल परिसरमा आएर विरोध प्रदर्शन गरे।

राज्य सरकारद्वारा छात्रहरूलाई हाल्फ शर्ट र ब्याज अनिवार्य यूनिफर्मको रूपमा उपलब्ध गराइएको छ। सोमवार एकजना छात्र फुल शर्ट लगाएर स्कूल आयो। यसलाई नियमविरूद्ध बताउँदै प्रधानाध्यापिकाले कथित रूपमा उसको शर्ट खोलाइन्।

अर्कोतिर परिवारको आरोप छ, अनुशासन आवश्यक छ, तर नानीहरूलाई यसरी कपडा खोलाएर सजाय दिनु उचित होइन। यसबाट उनीहरूको मनमा गहिरो प्रभाव पर्छ। शिक्षिकाले चाहेकी भए हामीलाई बोलाएर चेताउनी दिन सक्थिन्।

प्रधान शिक्षिका दीपा दत्ता देको भनाइ छ, उनको उदेश्य छात्रलाई अपमानित गर्नु थिएन, उसलाई बुझाउनु थियो। उनले आफ्नो पक्ष राख्दै भनिन्, सरकारद्वारा यूनिफर्म दिइएको भए पनि छात्रले अर्को कपड़ा किन लगाउँछ? मैले क्षणभरको लागि मात्र उसलाई यो अनुभव गराउन चाहेँ कि शर्ट बिना कस्तो लाग्दो रहेछ।

घटनालाई लिएर प्राथमिक शिक्षा परिषदका चेयरम्यान प्रलय नायकले प्रतिक्रियाव्यक्त गर्दै भनिन्, मैले सम्पूर्ण मामिलाको जानकारी लिएको छु। मंगलवार शिक्षिकासित कुरा गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande