पार्टी परिवर्तन गर्न अस्वीकार गर्दा भाजपा बूथ अध्यक्षमाथि कुटपिट गरेको आरोप
पार्टी परिवर्तन गर्न अस्वीकार गर्दा भाजपा बूथ अध्यक्षमाथि कुटपिट गरेको आरोप


बक्सीहाट, 01 सेप्टेम्बर (हि.स.)। कुचबिहार जिल्लाको तूफानगञ्जमा भाजपा बूथ अध्यक्षमाथि भएको कुटपिटलाई लिएर विवाद उत्पन्न भएको छ। आरोप छ, पार्टी परिवर्तन गर्नदेखि अस्वीकार गर्दा उनलाई तृणमूल कंग्रेसको कार्यालयमा लगियो अनि निर्दयतापूर्वक कुटपिट गरियो। यो घटना गए आइतवार राति भएको बताइँदैछ। घाइते बूथ अध्यक्ष अमृत दासको हाल अस्पतालमा उपचार भइरहेको छ।

अमृत दासले तृणमूल कार्यकर्ताहरूमाथि आरोप लगाउँदै भनेका छन्, मैले लामो समयदेखिकै भाजपाको पक्षमा काम गरिरहेको छु। तृणमूलको भ्रष्टाचारको विरोधमा आवाज उठाउँद आइरहेको छ। त्यसैले ममाथि कैयौं पटक पार्टी परिवर्तन गर्ने दबाव दिसकिएको छ।

गए आइतवार राती म मानसाई बजार गएको थिएँ त्यहीँबाटै मलाई तृणमूल कार्यालयमा लगेर कुटपिट गऱ्यो। साथै धम्की दिइयो कि यदि यसबारे कसैलाई बतायो भने घरमा आगो लगाइदिनेछ। उनले यस सम्बन्धमा थानामा लिखित सिकायत दर्ता गराउने जानकारी पनि दिए।

अर्कोतिर भाजपाद्वारा लगाइएको यस आरोपलाई तृणमूल कंग्रेसले पूर्ण रूपमा खारेज गरिदिएको छ। घटनाबारे जानकारी पाउनसाथ बक्सीहाट थानाको पुलिस आइतवार राती नै घटनास्थलमा पुगेको थियो। पुलिसले बतायो, मामिलाको जाँच शुरू गरिएको छ र आवश्यक कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande