सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप
सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका दुई सदस्य रोजेश राई र सुकराज सिलाल सोमवार दिउॅंसो मल्ली पुलिस थानाबाट छुटेका छन्। हालैमा सीएपीमा सामेल भएका सुकराज र रोजेशलाई सीएपी अध्यक्ष गणेश कुमार राई लगायत अन्य वरिष्ठ नेताहरूले ऐक्यबद्धता व्यक्त गर्दै स्वागत जनाए।

सीएपी अध्यक्ष राईले दुई सदस्यको पक्राउलाई अनुचित बताउॅंदै उनीहरूलाई भएको कठिनाइको कडा निन्दा गरे। उनले सीएपी आफ्ना सदस्यहरूमाथि आइपर्ने संकटको समयमा कॉंधमा कॉंध मिलाएर उभिने छ भन्दै नयॉं अथवा संस्थापक सदस्यहरूबीच कुनै भेदभाव नरहेको आसय व्यक्त गरे। पार्टीले जनतालाई सर्वोपरि मान्दछ भन्दै हामीसँग यो यात्रामा हिड्नेहरूलाई हामी कहिल्यै त्याग्ने छैनौं भनी उनले बताए।

उनले राज्यमा कानुनको दुरुपयोग बढ्दो रहेको आरोप लगाउॅंदै अधिकारीहरूको मनमानी दृष्टिकोणप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले एफआईआर दर्ता भएका व्यक्तिहरू स्वतन्त्र रूपमा घुमिरहेका छन्, तर साधारण नागरिकहरूलाई केवल सामान्य डायरीको आधारमा पक्राउ गर्ने कार्य भइरहेको दाबी गरे। उनले यसरी छानी छानी पक्राउ गर्ने कार्य लोकतान्त्रिक राज्यमा अस्वीकार्य छ र यसले प्रणालीमा गहिरो विकृतिलाई उजागर गर्दछ भने।

सीएपी अध्यक्षले आफ्ना सदस्यहरू र सिक्किमका जनताको लोकतान्त्रिक अधिकार र मर्यादाको रक्षा गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याए। उनले अधिकारीहरूलाई निष्पक्षता र कानुनको शासनको सम्मानका साथ काम गर्न आह्वान गरेका छन्। उनले सिलाल र राईको रिहाइले न्याय, समानता र शासनमा जवाफदेहिताको लागि लड्ने सीएपीको संकल्पलाई बलियो बनाएको बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande