कांग्रेसले प्रधानमन्त्री मोदीमाथि चीन यात्रामा अपरेशन सिन्दूरमा मौन रहेको आरोप लगायो
रमेश


नयाँ दिल्ली, 01 सेप्टेम्बर (हि.स.)। कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो चीन यात्रामा अपरेशन सिन्दूरमा मौन रहेको र अमेरिकी टेरिफको कारण वित्त वर्षको दोस्रो तिमाहीमा हुने नोकसानलाई लिएर सतर्क गराएको छ। कांग्रेस महासचिव जयराम रमेशले सोमवार सोशल मीडिया प्लेटफार्म एक्समा अलग- अलग पोस्टको माध्यमले केन्द्र सरकारलाई धेरै प्रश्न सोधेका छन्।

उनले चीनको साथ हालको वार्तालाई लिएर प्रधानमन्त्री मोदीको स्थितिलाई “ड्रेगन सामू हात्ती निहुरिनु” ठहर गरे। उनले भने, भारतले वर्षौंदेखि चीनमाथि आतङ्कवादको मुद्दामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै आइरहेको छ तर अब प्रधानमन्त्री स्वयंले भनिरहेका छन् कि भारत र चीन दुवै आतङ्कवादको शिकार हुन्। यो बयान के भारतको पूर्ववर्ती सख्त कूटनीतिक लाइनदेखि पछि हट्ने संकेत होइन ? उनले यो आरोप पनि लगाए कि प्रधानमन्त्रीले राष्ट्रपति शी जिनपिङसित भएको भेटमा अपरेशन सिन्दूरमा चीन र पाकिस्तानको कथित षड़यन्त्रहरूको कुनै उल्लेख गरेनन्, जबकि यस सम्बन्धमा स्वयं भारतीय सेनाका वरिष्ठ अधिकारीहरूले सार्वजनिक रूपमा गम्भीर संकेत दिएका छन्।

एक अन्य पोस्टमा रमेशले अप्रेल-जून 2025 को तिमाहीमा दर्ता गरिएको जीडीपी वृद्धि दरमा प्रश्न खड़ा गर्दै भने, एक प्रतिष्ठिक ब्याङ्कको रिपोर्ट अनुसार यी आंकड़ाहरूमा कुनै विरोधोभास छैन। शहरी खपत अहिलेपनि कमजोर बनेको छ, जबकि ग्रामीण माग संरचनात्मक बाधाहरूले घेरिएको छ। साथै नाममात्र वृद्धि दर जनवरी-मार्चको तुलनामा कम रह्यो। उपभोग, निवेश र व्यापार जस्ता पारम्परिक कारक तिमाही वृद्धि दरको 1.8 प्रतिशत अंकलाई स्पष्ट रूपले बुझ्न सकिरहेका छैनन् जुन एक गम्भीर सांख्यिकीय विसंगति हो।

कांग्रेस महासचिव रमेशले भने, विनिर्माण क्षेत्रमा लाभ त बढ़ेको छ तर बिक्रीमा लगातार ह्रास भइरहेको छ। यस बाहेक उनले ट्रम्प प्रशासनको टेरिफ प्रभावक पनि उल्लेख गरे, जुन अहिलेसम्म जीडीपीमा देखा परेको छैन किनभने निर्यातकहरूले पहिले नै माल पठाएर अस्थायी बढ़त हासिल गरे। यसको वास्तविक प्रभाव आगामी तिमाहीमा स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande