कोलकाता, 1 सेप्टेम्बर (हि.स.)। धर्मतलामा तृणमूल कंग्रेसको ‘भाषा आन्दोलन’ मञ्चलाई सोमवार सेनाले हटाइदियो। सेनाको तर्क छ, यस मञ्चको निम्ति 31 अगस्तसम्मको लागि मात्र अनुमति दिइएको थियो। तय समय-सीमा बितेपछि नै यो कारबाही गरिएको हो।
राज्यमा अहिलेघरि भाषागत अस्मिताको मुद्दा गहिरिएको छ। आरोप छ, अन्य राज्यहरूमा बंगला बोल्नेहरूलाई ‘बंगलादेशी’ ठाने प्रताड़ित गरिँदैछ।यसको विरोधमा मुख्यमन्त्री ममता ब्यनर्जीले सड़कमा उत्रेर कोलकाता, बोलपुर एवं झाड़ग्राम लगायत केही जिल्लाहरूमा ऱ्याली गरिन्।
प्रवासी श्रमिकहरूलाई सहयोग गर्नको लागि राज्य सरकारले ‘श्रमश्री’ योजना शुरू गरेको छ। यसै आन्दोलनलाई अगाड़ि बढ़ाउनको लागि ममता ब्यनर्जीको निर्देशमा तृणमूल नेताहरूले सप्ताहमा दुई दिन धर्मतलाको गान्धी मूर्ति सामु रिले धरना दिरहेका थिए भने त्यहीँ नै ‘भाषा आन्दोलन’ मञ्च बनाइएको थियो।
सोमवार अचानक सेनाका जवानहरूले त्यहाँ पुगेर तिरपाल सहित सम्पूर्ण संरचनालाई हटाइदिए। सेनाका प्रवक्ता विंग कमाण्डर हिमांशु तिवारीले बताए, 31 अगस्तसम्मको अनुमति थियो। त्यसपछि पनि रक्षासित सम्बन्धित महत्वपूर्ण स्थानलाई घेरेर राख्नुको कुनै अर्थ छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा