गुवाहाटी, 1 सेप्टेम्बर (हि.स.)। गौहाटी उच्च न्यायालयमा सोमवार एक महत्वपूर्ण शपथग्रहण समारोह आयोजना गरियो जसमा अतिरिक्त न्यायाधीश न्यायमूर्ति बुडी हाबुंग र न्यायमूर्ति एन उन्नीकृष्णन नायरलाई सोही न्यायालयका न्यायाधीशको रूपमा शपथ ग्रहण गराइयो।
गौहाटी उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति आशुतोष कुमारले दुवै नवनियुक्त न्यायाधीशहरूलाई पद एवं गोपनीताको शपथ दिलाए। यस अवसरमा वरिष्ठ न्यायाधीशहरू, अधिवक्ताहरू, न्यायिक अधिकारीहरू एवं न्यायालय कर्मीहरूको उपस्थिति रहेको थियो।
न्यायमूर्ति बुडी हाबुंग औ न्यायमूर्ति एन उन्नी कृष्णन नायरले यसपूर्व उच्च न्यायालयका अतिरिक्त न्यायाधीशको रूपमा आफ्नो सेवा दिरहेका थिए। उनीहरूको स्थायी नियुक्तिले न्यायालयको न्यायिक क्षमता अझ अधिक सुदृढ़ हुनेछ तथा लम्बित मामिलाहरूको छिनोफानो चाँड़ै हुने आशा छ।
यस नियुक्तिबाट गौहाटी उच्च न्यायालयको कार्यक्षमतामा वृद्धि भएको छ जसलाई पूर्वोत्तर क्षेत्रका जनतालाई न्यायसम्म उच्च पहुँच सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा