प्रदेश भाजपाको मुखपत्र 'असमिया बीजेपी वार्ता'- को विमोचन
प्रदेश भाजपाको मुखपत्र 'असमिया बीजेपी वार्ता'- को विमोचन


गुवाहाटी, 01 सेप्टेम्बर (हि.स.)। भाजपाको असम प्रदेश मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित कार्यक्रममा साेमवार प्रदेश भाजपाको मुखपत्र असमिया बीजेपी वार्ता -को नवौं अंकको विमोचन प्रदेश अध्यक्ष दिलीप सैकियाले गरे।

मुखपत्रको विमोचन गर्दै अध्यक्ष सौकियाले भने, असममा मात्र नभेर भारतको प्रत्येक राज्यको सम्बन्धित राज्य समितिले आ-आफ्नो मुखपत्र प्रकाशित गर्दछ। मुखपत्रको माध्यमबाट भाजपा पार्टीका प्रयासहरूबाट असममा भएको सकारात्मक कार्यहरूको प्रचार गरिन्छ। यस मुखपत्रको माध्यमबाट सामान्य जनताबीच भाजपाका आदर्शहरूलाई पुऱ्याउनमा सहायता मिल्नेछ।

बौद्धिक रूपले देशको इतिहास, सभ्यता-संस्कृति आदिको विकृत व्याख्याको माध्यमबाट पहिलाबाटै कंग्रेस र वामपन्थी शक्तिहरूले भारतका जनाधारणलाई भट्काइसकेका छन्। यसको विपरीत भाजपाले सदैव समाजमा सही विश्लेषणको माध्यमबाट भारतको प्राचीन, गौरवमय साहित्य-संस्कृतिलाई उजागार गर्नको लागि अक वौद्धिक जागृति ल्याउने प्रयास गर्दै आएको छ।

उक्त सभामा असममा घटिट समाचारहरूलाई मुखपत्रको लागि पठाउने प्रदेश भाजपा अध्यक्षले मानिसहरूसित गरे आह्वान। साथै भने, असमम प्रदेश भाजपाको वेबसाइटको माध्यमबाट पनि मुखपत्र उपलब्ध हुनेछ।

उक्त विमोचन कार्यक्रममा अध्यक्ष दिलीप सैकिया लगायत प्रदेश भाजपाका सचिव महेश देउरी, असम वित्त निगमका अध्यक्ष औ प्रदेश भाजपाका मीडिया समन्वयक रूपम गोस्वामी एवं प्रदेश स्तरीय अन्य पदाधिकारी उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande