चण्डीगढ, 01 सेप्टेम्बर (हि.स.)। हरियाणामा आइतवार बिहानदेखि लगातार रूपमा परिरहेको पानीका कारण धेरै जिल्लाहरूमा बाढको स्थिति उत्पन्न भएको छ। प्रदेशको पंचकूला, अंबाला, रेवाडी, झज्जर र कुरुक्षेत्रमा लगातार पानी परिरहेको छ।
मौसम विभागले आगामी 12 घण्टसम्म उक्त जिल्लाहरूका साथै अन्य विभिन्न जिल्लाहरूमा भारी वर्षाको चेताउनी दिएको छ। यमुनानगरस्थित हथिनीकुण्ड ब्यारेजमा राति एक बजी चेताउनी सायरन बताइएको थियो, जसकारण छेउछाउमा मानिसहरू भयभित बने। आइतवार राति 2 बजी एक लाख 5 हजार क्यूसेक पानी आएपछि सबै फ्लड गेट खोलियो। सोमवार बिहान 9 बजी जलस्तर 3 लाख 29 हजार दर्ता गरिएको छ, जुन यस सिजनको सर्वाधिक हो।
यसलाई ध्यानमा राख्दै प्रशासनले दिल्लीलाई अलर्ट गरेको छ। दिल्लीका तल्लो क्षेत्रहरू डुबानमा पर्न सक्छन्। यसका साथै सायरन बजाएर मानिसहरूलाई यमुनादेखि टाडा बस्न चेताउनी पनि दिइएको छ। प्रशासनले यमुना छेउछाउका गाउहरूलाई अलर्ट गर्दै यमुना किनारमा नजान सल्लाह दिएको छ। मानिसहरूलाई आफ्ना पशुहरूलाई पनि चराउन लैजान रोक लगाएको छ।
दिल्ली सरकारले भनेको छ, तल्लो क्षेत्रहरूलाई खाली गराइएको छ। पानी आगामी 25 देखि 30 घण्टामा दिल्ली पुग्ने सम्भावना छ, जसकारण राष्ट्रिय राजधानीमा बाढको खतरा उत्पन्न भएको छ। राज्यको सिरसामा अबेर राति 2 वटा घरको भित्ता भत्किएको छ। तर, परिवार भाग्यले बाचेका छन्। यहॉं एउटा माइनर पनि ध्वस्त भएको छ, जसकारण 50 ऐकरमा फसल जलमग्न बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी