गृहमन्त्री अमित शाहले प़ञ्जाबका मुख्यमन्त्री र राज्यपालबाट लिएर बाढ़ीको रिपोर्ट, दिए मद्दतको आश्वासन
गृहमन्त्री अमित शाहले प़ञ्जाबका मुख्यमन्त्री र राज्यपालबाट लिएर बाढ़ीको रिपोर्ट, दिए मद्दतको आश्वासन


चण्डीगढ़, 01 सेप्टेम्बर (हि.स.)। पञ्जाबका नौ जिल्लामा बाढ़ी आएपछि केन्द्रिय गृह मन्त्रालय पनि सतर्क भएको छ। सोमवार गृहमन्त्री अमित शाहले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान तथा पञ्जाबका राज्यपाल गुलाब चन्द कटारियासित फोनमा कुरा गरी बाढ़ीको सम्बन्धमा रिपोर्ट लिए। शाहले बाढ़ीको सामना गर्न हर सम्भव मद्दतको आश्वासन दिए।

प़ञ्जाबमा यस समय फाजिल्का, फिरोजपुर, कपूरथला, पठानकोट, तरनतारन, होशियारपुर, मोगा, गुरदासपुर र बरनाला बाढ़ीको चपेटमा छन्। सरकारी आंकड़ाहरू अनुसार, अहिलेसम्म 1312 गाउँ बाढ़ीले प्रभावित भइसकेको छ। गृहमन्त्रीसित फोनमा भएको कुराकानीमा राज्यपाल र मुख्यमन्त्रीले उनलाई वर्तमान स्थिति र बाढ़ी प्रभावित मानिसहरूको बचाउ र राहत कार्यहरूका लागि प्रशासनद्वारा उठाइएका कदमहरूको जानकारी दिए। वर्षाले जालन्धर र लुधियाना जिल्लाहरूका धेरै क्षेत्रहरूमा 2 देखि 3 फीट पानी भरिसकेको छ। लुधियानामा 4 गाड़ीमाथि पर्खाल झऱ्यो। यसबाट गाड़ीहरू क्षतिग्रस्त भएका छन्। अमृतसरको घोनेवालामा धुस्सी बाँध भक्तिन्दा वरपरका 15 किलोमीटरको क्षेत्र बाढ़ीको चपेटमा परेको छ। अब पानीले राजासांसीका गाउँहरूलाई पनि आफ्नो चपेटमा लिन थालेको छ, यसपछि प्रशासन अलर्ट छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande