सिक्किमकी बबिता थापा मंगर बनिन् नेपाल आइडल सिजन 6 की प्रथम उपविजेता
बबिता थापा मंगर


गान्तोक, 01 सेप्टेम्बर (हि.स.)। सिक्किमकी युवा उदीयमान गायिका बबिता थापा मंगर नेपाल आइडल सिजन 6 की प्रथम उपविजेता बनेकी छन्। नेपालको राजधानी काठमाडौंमा आइतवार राति सम्पन्न भएको रियालिटी शो नेपाल आइडलको फाइनलमा ​बबिता थापा मंगरलाई प्रथम उपविजेता घोषित गरिएको छ।

छैटौं संस्करणको नेपाल आइडलको उपाधि नेपालकी गङ्गा सोनामले जितेकी छन्। यसैगरी, दोस्रो उपविजेता नेपालकी दर्शना गॉंधरी बनिन् भने दार्जिलिङका अभिनय खाती चौथो स्थानमा रहेका छन्। फिनालेमा पुग्ने पॉंच प्रतियोगीहरू मध्ये उनी एक्लो पुरुष प्रतियो​गी थिए। यसरी नै नेपालकी मृणाल मानन्धर पॉंचौं स्थानमा रहेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande