एससीओमा प्रधानमन्त्रीले दिए आतङ्कवाद विरूद्ध स्पष्ट नीति र वैश्विक संस्थानहरूमा सुधारमाथि जोड
मोदी


नयाँ दिल्ली, 01 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको एससीओ नीति तीन स्तम्भहरू सुरक्षा, सम्पर्क र अवसरमाथि आधारित रहेको बताएका छन्। उनले भने, आतङ्कवाद मानवताको साझा चुनौती हो र यसमाथि दोहोरो मानदण्ड अस्वीकार्य छ। मजबूत सम्पर्कले विश्वास र विकास बढ्दछ तर यसमा सम्प्रभुताको सम्मान हुनुपर्छ। एससीओ बहुपक्षवाद र समावेशी विश्व व्यवस्थाको मार्गदर्शक बन्नसक्छ। प्रधानमन्त्रीले वैश्विक संस्थानहरूमा सुधारको आवश्यकतामाथि पनि बल दिए।

प्रधानमन्त्री मोदीले उक्त कुरा तियानजिन (चीन) मा आयोजित 25औं शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधित गर्दै भनेका हुन्। उनले भने, सुरक्षा, शान्ति र स्थिरता कुनैपनि देशको विकासको आधार हो तर आतङ्कवाद, अलगाववाद र अतिवाद यसका ठूलो अवरोध हुन्। आतङ्कवाद केवल कुनै देशको सुरक्षाको निम्ति नभएर पूरा मानवताको निम्ति साझा चुनौती हो।

प्रधानमन्त्रीले भने, भारतले चार दशकदेखि आतङ्कवादको मार झेलिरहेको छ। कति नै आमाहरूले आफ्ना सन्तान गुमाएका छन् र कति नानीहरू अनाथ भएका छन्। उनले हालमा पहलगाममा भएको आतङ्की हमलाको उल्लेख गर्दै भने, यो घटना केवल भारतको आत्मामाथि आघात थिएन तर मानवतामा विश्वास राख्ने हरेक देश र हरेक व्यक्तिलाई चुनौती थियो। उनले सोधे, के केही देशहरूद्वारा आतङ्कवादको खुल्ला समर्थन स्वीकार्य हुनसक्छ ? उनले स्पष्ट पारे, आतङ्कवादमाथि कुनै प्रकारको पनि दोहोरो मानदण्ड स्वीकार्य हुनेछैन। मानवताको हितमा सबैले एक स्वरमा आतङ्कवादको हरेक रूप र हरेक रंगमा विरोध गर्नुपर्नेछ।

प्रधानमन्त्रीले वैश्विक संस्थानहरूमा सुधारको आवश्यकतामाथि पनि बल दिए। उनले भने, एससीओ सदस्यले यस दिशामा आपसी सहयोग बढ़ाउनसक्छन्। सुझाउ दिँदै उनले भने, संयुक्त राष्ट्रको 80औं वर्षगाठमा सबै सदस्य देशहरूले मिलेर सुधारको आह्वान गर्नसक्छन्। यही सन्दर्भमा उनले भने, वैश्विक दक्षिणको आकांक्षाहरूलाई पुराना ढांचामा कैद राख्नु भावी पीढ़ीहरूको साथ अन्याय हुनेछ। भारतको भनाई छ, मजबूत सम्पर्कले केवल व्यापार होइन विश्वास र विकासको द्वार पनि खोलिन्छ। यही सोचको साथ भारत चारबहार बन्दरगाह र अन्तरराष्ट्रिय उत्तर-दक्षिण परिवहन कोरिडोर जस्ता उपक्रमहरूमाथि काम गरिरहेको छ, जसबाट अफगानिस्तान र मध्य एशियाको साथ सम्पर्क बढ्नसकोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande