धुबड़ी (असम), 1 सेप्टेम्बर (हि.स.)। गोलकगञ्ज पुलिसले प्रतिबन्धित बंगलादेशी संगठन जमात-ए-इस्लामीसित सम्बन्ध राखेको आरोपमा एकजना शिक्षकलाई पक्राउ गरेको छ। गुप्त सूचनाको आधारमा पुलिसको टीमले सोमवार कोकराझार जिल्लाको काजी गाउँबाट हजरत अली उपाम हजरत मास्टरलाई पक्राउ गऱ्यो।
हजरत अली पछिल्ला केही दिनदेखिको भागिरहेका थिए। पुलिसले उसलाई पक्राउ गरी जाँचबुझ गर्न शुरू गरेको साथै सम्पूर्ण मामिलाको जाँच जारी छ।
आरोपी शिक्षक धुबड़ी जिल्लाको भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमास्थित लक्ष्मीमारी मझोलिया विद्यालयमा कार्यरत थिए। उल्लेखनीय छ, केही दिनपूर्व सोही विद्यालयका अर्का एकजना शिक्षक शाह आलम सरकारलाई पनि जिहादी संगठनसित सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा