तेजपुर (असम), 1 सेप्टेम्बर (हि.स.)। कलागुरु विष्णुप्रसाद राभाको अमर गीत “परजनमर शुभलगनत”- को सुरलाई बिगारेकोमा शुरू भएको विवाद अझ गहिरिएको छ। यस मामिलामा सोमवार कलागुरूका पुत्र हेमराज राभाले तेजपुर सदर थानामा गायिका करिश्मा नाथविरूद्ध एफआईआर दर्ता गराए।
पहिला गरिएको घोषणा अनुसार हेमराज राभासित कलागुरू विष्णुप्रसाद राभा स्मृति न्यासले पनि थानामा प्राथमिकी दर्ता गरायो। आरोप छ, गायिका करिश्मा नाथले कलागुरूद्वारा दिइएको मूल सुरलाई विकृत गरिदिइन् जसबाट व्यापक विवाद सृजना भयो।
हेमराज राभाद्वारा दर्ता गरिएको एफआईआरमा करिश्मा नाथ सहित कैलाश तालुकदार र मन्टु डेकाको नाम पनि सामेल गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा