नयॉं दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। नेपालको काठमाडौं विमानस्थल पुनः सञ्चालनमा आएपछि भारत सरकारले अलपत्र यात्रुहरूलाई राहत प्रदान गर्न विशेष उडानहरूको व्यवस्था गर्न थालेको छ। यस क्रममा एयर इण्डियाले बुधवार राति दिल्लीबाट काठमाडौंको लागि विशेष उडान (एआई २२१) पठाएको थियो। यो उडान राति करिब ८:३० बजे दिल्लीबाट उडेर काठमाडौं पुग्यो।
एयर इण्डिया अनुसार, बिहिवार 6 नियमित विमान दिल्लीबाट काठमाडौं जानेछ र 6 विमान त्यहॉंबाट फर्किनेछ। यसका साथै, एउटा अझ विशेष विमान पनि चलाइनेछ। यसरी कुल 7 वटा विमान दिल्लीबाट काठमाडौं पठाइनेछ र 7 वटा विमान फर्किनेछन्।
केन्द्रिय नागरिक उड्डयन मन्त्री राममोहन नायडूले सोशल मिडिया प्लेटफर्म एक्समा जानकारी साझा गर्दै भने, नेपालमा हवाई अड्डा बन्द भएकाले धेरै यात्रीहरू काठमाडौंबाट घर फर्किन पाएका थिएनन्। अब हवाई अड्डा फेरि शुरू भएको छ। भारत सरकारको नागरिक उड्डयन मन्त्रालयले एयर इण्डिया र इण्डिगोसॅंग मिलेर सॉंझदेखि तथा आगामी दिनहरूमा अतिरिक्त उडानहरूको व्यवस्था गरिरहेको छ। बिहिवारदेखि नियमित उडानहरू पनि पुन: शुरू हुनेछन्।
उनले स्पष्ट गर्दै एयरलाइन्सको किराया सामान्य र उचित राख्न निर्देश दिइएको बताए ताकि यात्रीहरूलाई सुरक्षित र सुविधाजनक यात्रा उपलब्ध होस्।
हिन्दुस्थान समाचार / भवानी थामी