नयाँ दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। विदेश मन्त्रालयले एक पल्ट फेरि सबै भारतीय नागरिकहरूसित रूसी सेनामा सामेल हुने कुनैपनि प्रस्तावदेखि टाड़ा रहने आग्रह गरेको छ। मन्त्रालयको भनाई छ, यो खतराहरूले भरेको छ।
रूसी सेनामा हालमा भारतीय नागरिकहरूको भर्तीको संज्ञान लिँदै विदेश मन्त्रालयका प्रवक्ताले प्रतिक्रिया दिएका छन्। उनको भनाई छ, सरकारले गत एक सालमा धेरै अवसरहरूमा यसमा सामेल जोखिमहरू र खतराहरूलाई रेखांकित गरेको छ र भारतीय नागरिकहरूलाई तदानुसार सतर्क गराएको छ। हामीले दिल्ली र मस्को दुवै ठाउँ रूसी अधिकारीहरूका साथ पनि यो मामिला उठाएका छौं र यस प्रथालाई रोक्ने र हाम्रा नागरिकहरूलाई मुक्त गरिने अनुरोध गरेका छौं। हामी प्रभावित भारतीय नागरिकहरूको परिवारहरूको सम्पर्कमा पनि छौं।
हिन्दुस्थान समाचार / भवानी थामी