झांसी, 11 सेप्टेम्बर (हि.स.)। नेपाल हिंसक घटनाहरूमा जलिरहेको छ। यस्तो स्थितिमा नेपाल घुम्न गएका उत्तर प्रदेशका झांसीका चार युवक पोखरामा फंसेका छन्। यी युवकहरूले इन्स्टाग्राममा भीडियो भाइरल गरी प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगीसित मद्दतको गुहार लगाएका छन्। उनीहरूको भीडियो सोशल मीडियामा भाइरल भइऱहेको छ।
झांसीको नवादा थाना क्षेत्र स्थित शिवाजी नगर निवासी संदीप सोनीले इन्स्टाग्राममा भीडियो जारी गरी बतायो, उ झांसीबाट आफ्ना तीन साथीको साथ 08 सेप्टेम्बरमा फ्लाइटमा निस्केको थियो र 09 सेप्टेम्बर दिउँसो पोखरा पुगेको थियो। यहाँ पुगेपछि थाहा लाग्यो कि यहाँ स्थिति धेरै खराब छ।
उसले बतायो, जुन होटलमा उनीहरू बसेका थिए, त्यहाँ साँझ लगभग 7 बजी हमला भयो। उनीहरू बाहेक होटलमा लगभग 50 जना थिए। हमला भएको केही बेरपछि सेनाको जवान त्यहाँ पुगे र बचाउ अभियान चलाएर पहाड़को एउटा होटलमा शिफ्ट गराए। परिवारका सदस्यहरूसित उनीहरूको कुरा भइरहेको छ। एयरपोर्ट र सड़क मार्ग बन्द छ र बाहिर निस्कनमा धेरै जोखिम छ।
संदीपले प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसित उनीहरूलाई सुरक्षित निकालिने गुहार लगाएका छन्। संदीपको यो भीडियो सोशल मीडियामा जम्मेर भाइरल भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी