पूर्वी चम्पारण, 11 सेप्टेम्बर (हि.स.)। भारत-नेपाल अन्तरराष्ट्रिय सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) को 47औं बटालियनको चौकसीबाट काठमाण्डौं केन्द्रिय जलबाट भागेको एक बांग्लादेशी नागरिकलाई भारतीय सीमामा पस्नअघाड़ी पक्राउ गरियो।
पक्रा परेको व्यक्ति मोहम्मद अब्दुल हो, जो नेपालमा बसेर सुनको तस्करी गर्नेगर्थ्यो र गत पाँच वर्षदेखि काठमाण्डौंको केन्द्रिय जेलमा बन्द थियो। जानकारी अनुसार, 09 सेप्टेम्बरमा नेपालमा एक उग्र जनआन्दोलनमा काठमाण्डौं केन्द्रिय जेलमा जेल ब्रेकको घटना भयो। जसको फायदा उठाएर मोहम्मद अब्दुल जेलबाट भाग्यो र नेपालबाट भागेर भारत छिर्ने प्रयास गरिरहेको थियो। तर सहदेवा बर्डर आउटपोस्ट निकट पिलर संख्या 378 छेउ एसएसबीका सतर्क जवानहरूले उलाई समाते।
पक्रा परेपछि एसएसबीद्वारा गरिएको सोधपुछमा मोहम्मद अब्दुलले स्वीकार गऱ्यो क उ नेपालमा गत धेरै वर्षदेखि सुनको तस्करीको काममा लिप्त थियो। जेलबाट भागेपछि उसको योजना रक्सौल हुँदै कोलकाता जाने थियो, जहाँबाट उ बांग्लादेश फर्किन चाहन्थ्यो। तर एसएसबीको सतर्कताको कारण उसको योजना विफल भयो। एसएसबी 47औं बटालियनले आवश्यक सोधपुछपछि उलाई अघिको कानूनी कारबाहीको निम्ति स्थानीय पुलिसलाई सुम्पेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी