नयॉं दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवतलाई उनको 75औं जन्मदिनमा बधाई एवं शुभकामना दिएका छन्।
प्रधानमन्त्रीले सोशल मिडिया प्लेटफर्म 'एक्स' मा आफ्नो सन्देशमा लेखे, 'मोहन भागवत जीले वसुधैव कुटुम्बकमको मंत्रले प्ररित भएर समता, समरसता र बन्धुत्वको भावनालाई सशक्त बनाउन आफ्ना सम्पूर्ण जीवन समर्पित गरेका छन्। मॉं भारतीको सेवामा सदैव तत्पर मोहन जीको 75औं जन्मदिनको विशेष अवसरमा मैले उहॉंका प्रेरक व्यक्तित्वलाई लिएर आफ्नो भावनाहरू राखेको छु। म उहॉंको दीर्घायु र स्वस्थ जीवनको कामना गर्दछु।'
डा. मोहन भागवतको जन्म 11 सेप्टेम्बर, 1950 मा महाराष्ट्रको चन्द्रपुर जिल्लामा भएको थियो। नागपुर विश्वविद्यालयमा स्नातक गरेपछि उनले राष्ट्रिय स्वयंसेवक संघको पूर्णकालिक प्रचारकको रूपमा संगठनात्मक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गरे। उनी 2009 मा संघको छैटौं सरसंघचालक बने। उनको नेतृत्वमा संगठनले सामाजिक समरसता, ग्राम विकास, शिक्षा, पर्यावरण र सेवा कार्यहरूमा महत्वपूर्ण पहल गरेको छ।
भागवतको नेतृत्वमा संघले कोभिड 19 महामारी, बाढ र भुॅंइचालो जस्ता प्रकोपहरूमा राहित कार्यहरूलाई व्यापक स्तरमा संचालित गऱ्यो। सेवा बस्तीहरूको माध्यमले शिक्षा, स्वास्थ्य र आत्मनिर्भताको क्षेत्रमा उल्लेखनीय योगदान गरियो। साथै, पर्यावरण र सामाजिक समरसताको लागि पनि धेरै राष्ट्रव्यापी अभियान चलाइएका छन्।
राष्ट्रिय स्वयंसेवक संघ आफ्नो शताब्दी वर्ष (2025-2026) को तयारीमा पनि सक्रिय छ। भागवतको कार्यकालमा संगठनले आफ्नो गतिविधिहरूको दायरालाई भारतका साथै विदेशहरूमा पनि विस्तार गरेको छ। संघका शाखाहरू र भारतीय समाजको लागि गरिएका कार्यहरू अब वैश्विक स्तरमा चर्चाको विषय बनेको छ।
प्रधानमन्त्री मोदी र डा. मोहन भागवतको विभिन्न अवसरहरूमा भेट पनि चर्चामा रहेका छन्। नागपुर र दिल्लीमा संघको कार्यक्रमहरूमा प्रधानमन्त्रीको उपस्थितिले संगठन र सरकारबीच विचारधारात्मक सामंजस्यलाई रेखांकित गरेको छ।
भागवतले भारतीय समाजमा पारिवारिक मूल्य, राष्ट्रिय एकता र सांस्कृतिक गौरवको संरक्षणमाथि विशेष बल दिॅंदै आएका छन्। उनले समय समयमा विभिन्न मंचहरूबाट देशवासीहरूलाई सामाजिक सौहार्द र सकारात्मक परिवर्तनको दिशामा प्रेरित गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी