नयाँ दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले इन्टरपोल च्यानलहरूको माध्यमले वाञ्छित भगौड़ा मुनव्वर खानको कुवैतबाट प्रत्यर्पण गरायो। उ ब्याङ्क अफ बड़ौदासित धोकाधड़ी र षड़यन्त्र मामिलामा वाञ्छित थियो।
सीबीआईको तर्फबाट दिइएको जानकारी अनुसार, खानलाई आज कुवैत पुलिसको टीमको निगरानीमा हैदराबादको राजीव गान्धी अन्तरराष्ट्रिय हवाई अड्डामा ल्याइयो, जहाँ सीबीआईको विशेष अपराध शाखा, चेन्नईको टीमले उसलाई हिरासतमा लियो।
मुनव्वर खानमाथि साल 2011 मा दर्ता प्राथमिकीमा आपराधिक षड़यन्त्र, धोकाधड़ीको आरोप छ। उ अन्य आरोपीहरूको साथ मिलेर ब्याङ्क अफ बड़ोदालाई ठगेपछि कुवैत भागेको थियो र अदालतले उलाई अपराधी घोषित गरेको थियो।
सीबीआईले 07 फरवरी 2022 मा इन्टरपोलबाट उ विरूद्ध रेड नोटिस जारी गराएको थियो। कुवैत प्राधिकरणहरूले खानलाई पक्राउ गरेपछि भारतलाई सुम्पिने निर्णय लियो।
एजेन्सी अनुसार, गत केही वर्षमा इन्टरोपल च्यानलहरूको माध्यमले 130 भन्दा अधिक वाञ्छित अपराधीहरूलाई भारत फर्काइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी