नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले शुक्रवार देशका 15औं उपराष्ट्रपतिको रूपमा शपथ लिएकोमा पर सी.पी. राधाकृष्णनलाई बधाई अनि शुभकामना दिए। उनले भने, राधाकृष्णनको व्यापक प्रशासनिक अनुभव र दूरदर्शिताले संसदीय लोकतन्त्रलाई अझ बढ़ी बल प्रदान गर्नेछ।
वीरेन्द्र सचदेवाले सोशल मीडिया प्लेटफर्म एक्समा आफ्नो सन्देशमा लेखे, सी.पी. राधाकृष्णनको समृद्ध सामाजिक जीवन, राष्ट्रसेवाप्रति समर्पण औ प्रशासनिक ज्ञानले भारतका संवैधानिक मर्यादा एवं लोकतान्त्रिक मूल्यहरूलाई सुदृढ़ बनाउनेछ। उनले आशा व्यक्त गरे, उपराष्ट्रपतिको रूपमा राधाकृष्णनको कार्यकालले देशका संवैधानिक संस्थाहरूलाई नयाँ दृढ़ता अनि गरिमा प्रदान गर्नएछ। उनले भने, भाजपा नेताहरूको मान्यता छ कि उनको कार्यकालमा उच्च सदनको गरिमा एवं संसदीय परम्परा अझ बढ़ी सुदृढ़ हुनेछ।
उल्लेखनीय छ, 67 वर्षीय सी.पी. राधाकृष्णनले गत नौ सेप्टेम्बरमा उपराष्ट्रपति चुनाउमा विपक्षी उम्मेद्वार बी. सुदर्शन रेड्डीलाई 152 मतले परास्त गरेका थिए। राधाकृष्णनको सरल छवि, संगठनात्मक कौशल औ राष्ट्रहितमा योगदानको लागि चिनिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा