ब्राउन शुगरको साथ दुई जना पक्राउ
ब्राउन शुगरको साथ दुई जना पक्राउ


सिलगढ़ी, 13 सेप्टेम्बर (हि.स.)। स्पेशल अपरेशन ग्रुप (एसओजी) र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर देबीडांगा क्षेत्रबाट करोड़ौं रूपियाँको ब्राउन शुगरको साथ दुई जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका तस्करहरूको नाम नजीबुल इस्लाम र इसराउल हक हो। यी दुवै मालदाको कालियाचकको निवासी हुन्।

सूत्रहरू अनुसार, गुप्त सूचनाको आधारमा बिहिवार राति प्रधान नगर थानाको मद्दतले एसओजीले देबीडांगा क्षेत्रमा अभियान चलाएर दुई संदिग्ध तस्करलाई रेड ह्याण्डेड पक्राउ गऱ्यो। जब दुवैको तलाशी लिइयो तब यिनीहरूदेखि दुई प्याकेट ब्राउन शुगर जफत गरियो, जसको ओजन 1 किलो 126 ग्राम र अनुमानित बजार मूल्य लगभग एक करोड़ रुपियाँ मापिएको छ। पुलिसले दुवै तस्करहरूलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरी अग्रिम कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande