सोपोर, 13 सेप्टेम्बर (हि.स.)। सोपोरस्थित एशियाको दोस्रो सबैभन्दा विशाल फल मण्डीमा आज शान्तिपूर्ण विरोध प्रदर्शन आयोजना गरियो जहाँ सयकड़ौं फल उत्पादक एवं व्यापारीहरू जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा लगातार जारी नाकाबन्दीको कारणले भएको व्यापक नोक्सानप्रति गहिरो चिन्ता व्यक्त गर्नकोलागि भेला भए।
मीडियालाई सम्बोधन गर्दै सोपोर फल मण्डी एसोसिएशनका अध्यक्ष फैयाज मलिकले संकटको एक गम्भीर तस्वीर पेश गरे। उनले बताए, राष्ट्रिय राजमार्गमा फलहरूले लादिएका हजारौं ट्रकहरू कैयौं दिनदेखिको फसेका छन् जसबाट अनुमानित 1,000-देखि 1,200 करोड़ रुपियाँसम्मको नोक्सान भएको छ। मलिकले भने, उत्पादहरू शीघ्र खराब हुने प्रकृतिको अर्थ हो, हरेक घण्टाको ढिल्याईले हजारौं उत्पादकहरूको आजीविकालाई अपूर्णीय क्षति पुऱ्याइरहेको छ।
उपराज्यपाल मनोज सिन्हासित एक भावुक अपीलमा मलिकले प्रशासनसित जम्मू तर्फ जाने फलहरू लादिएका वाहनहरूको लागि तुरून्त दुई दिनको विशेष यातायात निकासी अवधि प्रदान गर्ने आग्रह गरे। उनले बल दिँदै भने, स्थितिलाई अझ अनियन्त्रित हुनदेखि रोक्नको लागि यस्तो उपाय गर्न आवश्यक छ।
मलिकले सोपोरबाट रेल सेवाहरूलाई तत्काल बहाल गर्ने माग गर्दै तर्क दिए रेल सम्पर्कले उपत्याकाका फल उद्योगको लागि जीवन रेखाको काम गर्नसक्छ। उनले भने, कश्मीर सेब तथा अन्य बागवानी उत्पादहरूको एक प्रमुख निर्यातक हो। विश्वसनीय परिवहनको अभावमा सम्पूर्ण क्षेत्र वित्तीय संकटमा डुबिरहेको छ।
प्रदर्शनकारी किसानहरूले अफसोस व्यक्त गरे, यो मौसम हालका दिनहरूमा सबैभन्दा खराब मौसमहरूमध्ये एक रह्यो, किनभने परिवहनमा बारम्बार व्यवधान आइरहेकोले उनीहरूलाई व्यापक नोक्सान तथा बढ़्दो ऋणको बोझसित जुझ्न परिरहेको छ। उनले सरकारलाई अलिकति पनि ढिल्याई नगरी हस्तक्षेप गर्ने माग गरे। साथै चेताउनी पनि दिए, अब पनि कुनै लापरवाही गरिए बागवानी क्षेत्रलाई पंगु बनाउनसक्छ जुन स्थानीय अर्थव्यवस्थाको मेरूदण्ड हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा