गुवाहाटी, 12 सेप्टेम्बर (हि.स.)। बोड़ोल्याण्ड टेरिटोरियल कउन्सिल (बीटीसी) चुनाउ- 2025 को लागि शुक्रवार राज्यको सत्ताधारी पार्टी भाजपाको संकल्प पत्र मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असम प्रदेश भाजपा अध्यक्ष दिलिप सैकियासितै लञ्च गरे। संकल्प पत्रमा भाजपाले आठ वटा ग्यारण्टी दिएको छ।
असम प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित एक कार्यक्रममा बीटीसी चुनाउको लागि भाजपाले संकल्प पत्रलाई तीनवटा भाषाहरूमा क्रमैले असमिया, बोड़ो र अंग्रेजीमा जारी गऱ्यो। यस अवधि बीटीसी चुनाउलाई मध्यनजर गर्दै असमिया, बंगाली, आदिवासी औ नेपाली भाषा समेत मोठ पाँचवटा चुनावी गीत पनि जारी गरियो।
यस अवसरमा असम प्रदेश भाजपा प्रभारी हरीश द्विवेदी, असमका क्याबिनेट मन्त्री डा. रोनोज पेगु, उदालगुरी जिल्ला भाजपा अध्यक्ष सुनिल बसुमतारी एवं कार्यकर्ता तथा बीटीआरका विभिन्न जातीय समूहका मानिसहरू उपस्थित थिए।
मुख्यमन्त्रीले आगामी बीटीसी चुनाउमा भाजपाको जीत हुने दाबी गर्दै भने, बोड़ोल्याण्डमा शान्ति आइसकेको छ र अब द्रूत विकासको लागि काम गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा