मुख्यमन्त्रीले दक्षिण दिल्ली लोकसभा क्षेत्रका विकास कार्यहरूको गरिन् समीक्षा
मुख्यमन्त्रीले दक्षिण दिल्ली लोकसभा क्षेत्रका विकास कार्यहरूको गरिन् समीक्षा


नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार सचिवालयमा दक्षिण दिल्ली लोकसभा क्षेत्रमा भइरहेका विकास कार्यहरूको प्रगतिमाथि जनप्रतिनिधि तथा अधिकारीहरूसित समीक्षा बैठक गरिन्। बैठकमा दक्षिण दिल्लीका सांसद रामवीर सिंह बिधुड़ी, भाजपा विधायक, पार्षद औ सम्बन्धित विभागका वरिष्ठ अधिकारीगण उपस्थित थिए।

मुख्यमन्त्रीले एक बयानमा बताइन्, जनहितको विकास कार्य द्रूत गतिमा अगाड़ि बढ़ोस् भन्ने ध्येयले सबै अधिकारीहरूलाई जनप्रतिनिधिहरूबाट फिडब्याक लिएर उनीहरूको सुझाउको आधारमै कार्य गर्ने निर्देश दिइएको छ। क्षेत्र आधारित विकास योजनाहरूले यसबाट नयाँ गति पाउनेछ र मानिसहरूलाई सोझै लाभ प्राप्त हुनेछ। उनले भनिन्, सरकारले श्रेष्ठ प्रशासनिक समन्वय सुनिश्चित गर्नका लागि क्याबिनेट सहयोगी मनजिन्दर सिंह सिरसालाई दक्षिण दिल्ली संसदीय क्षेत्रको प्रभारी मन्त्री नियुक्त गरेको छ।

मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा दिल्ली सरकारले आगामी 16 सेप्टेम्बरदेखि 2 अक्टोबरसम्म सेवा सप्ताह आयोजना गर्नेछ। यस अवधि स्वास्थ्य शिविर, आरोग्य मन्दिरको उद्घाटन, स्वच्छता अभियान तथा विभिन्न सेवा कार्यक्रम राजधानीभरि नै आयोजना गरिनेछ। हामी सबैले मिलेर आ-आफ्नो क्षेत्रको सेवा सप्ताहमा भाग लिएर जनताको सेवामा योगदान दिनेछौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande