दिल्लीबाट बंगाली प्रवासी परिवारहरूको कथित निर्वासनमाथि केन्द्रसित स्पष्टिकरणको माग
दिल्लीबाट बंगाली प्रवासी परिवारहरूको कथित निर्वासनमाथि केन्द्रसित स्पष्टिकरणको माग


कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। कलकत्ता उच्च न्यायालयले दिल्लीबाट दुईजना बंगाली प्रवासी परिवारहरूको कथित निर्वासनको मामिलामा केन्द्र सरकारसित स्पष्टिकरण मागेको छ। न्यायमूर्ति तपोब्रत चक्रवर्ती र न्यायमूर्ति ऋतोब्रत मित्राको खण्डपीठले केन्द्रलाई निर्देश दिएको छ, यस सम्बन्धमा शपथ पत्र दर्ता गरी स्पष्ट गरियोस् कि परिवारहरूलाई कुन आधारमा र कुन प्रक्रिया अन्तर्गत बंगलादेश पठाइयो। यस मामिलामा अग्रिम सुनवाई आगामी 23 सेप्टेम्बरमा हुनेछ।

मामिला पश्चिम बंगालको बीरभूम जिल्लाका सोनाली बीबी र स्वीटी बीबीको परिवारसित जोड़िएको छ। दुवै परिवारले अदालतमा हेबियस कर्पस याचिका दर्ता गरी दाबी गरेका छन्, उनीहरूलाई दिल्लीमा अवैध बंगलादेशी अनुप्रवेशकारीहरूविरूद्ध चलाइएको अभियान अवधि पक्राउ गरियो अनि केही दिनपछि कुनै प्रकारको उचित प्रक्रिया बिनै बंगलादेशमा निर्वासित गरिदियो।

अदालतले केन्द्र सरकारसित यो पनि सोधेको छ, यी परिवारहरूलाई कुन स्थानदेखि बंगालदेशको सीमा पारी धकेलियो? खण्डपीठले भन्यो, सम्पूर्ण घटनाको जनकारी अदालतलाई उपलब्ध गराइयोस् ताकि स्थिति स्पष्ट हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande