उत्तरपाड़ामा नशामुक्ति केन्द्रका संचालकको हत्या, आरोपीहरू भागे
उत्तरपाड़ामा नशामुक्ति केन्द्रका संचालकको हत्या, आरोपीहरू भागे


हुगली, 12 सेप्टेम्बर (हि.स.)। हुगली जिल्लाको उत्तरपाड़ा नगरपालिका अन्तर्गत 11 नम्बर वार्डको शान्तिनगर क्षेत्रमा अवस्थित “टाइम टू चेञ्ज” नामक नशा मुक्ति केन्द्रका संचालक (स्थानीय 10 नम्बर वार्डकी तृणमूल कंग्रेस पार्षदका पूर्व पति) मदन राणाको हत्या भएको छ। आरोप छ, शुक्रवार बिहान नशामुक्ति केन्द्रमा स्वास्थ्य लाभको लागि आएका दुईजना मानिसहरूले नै कथित रूपमा लोरोले टाउकोमा प्रहार गरी उनको हत्या गरिदिए। आरोपीहरूले अर्को एकजना रोगीलाई पनि कुटे, त्यसपछि घटनास्थलबाट भागे।

घटनाको खबर पाएर मदन राणाकी आमा र बहिनी घटनास्थलमा पुगे। गम्भीर रूपमा घाइते अवस्थामा उनलाई उत्तरपाड़ा स्टेट जनरल अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरिदिए।

मृतककी बहिनी नन्दिता वर्माले बताइन्, “लगभग पौने सात बजे खबर प्राप्त भयो कि दाज्युमाथि हमला गरिएको छ। सेन्ट्रमा गएर हेर्दा उनी रक्तरञ्जित अवस्थामा भुइँमा लड़िरहेका थिए, त्यसबेला उनको सास चलिरहेको थियो। टाउकोमा मात्र चोट लागेको थियो। डाक्टरले भने, यदि केही समयअघि ल्याएको भए बचाउन सकिन्थ्यो। सेन्टरमा लगभग 20-22 जना मानिसहरू थिए, घटनापछि अधिकांश मानिसहरू ट्रेनमा सवार भएर भागे।”

पुलिस सूत्र मुताविक आरोपीहरू आगामी दुर्गा पूजापूर्व आफ्नो घरमा जान चाहन्थे। तर मनद राणा उनीहरूलाई पठाउन तयार थिएनन्। यसै कुरामा विवाद भयो। आरोप छ, शुक्रवार भोर बिहान दुवै आरोपीले भान्सा कोठाको ताला भत्काएर लोरोले मदन राणामाथि हमला गरे।

घटनास्थलको सीसीटीभी फुटेजको जाँच गरिँदैछ। भगौड़ा आरोपीहरूको घर दमदम बेलघरिया क्षेत्रमा छ। पुलिसले उनीहरूलाई पक्राउ गर्नको लागि छापामारीको कारबाही शुरू गरिसकेको छ।

उल्लेखनीय छ, मदन राणा विरूद्ध पहिला पनि धोकाधड़ीको आरोप लागेको थियो जो नशाको लतसित जुझिसकेका थिए। लगभग पाँच वर्ष पूर्व उनले उत्तरपाड़ामा यो नशा मुक्ति केन्द्र स्थापना गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande