नेपालको जेलबाट भागेर भारतमा प्रवेश गर्ने चेष्टा, महिला बन्दी पक्राउ
नेपालको जेलबाट भागेर भारतमा प्रवेश गर्ने चेष्टा, महिला बन्दी पक्राउ


उत्तर दिनाजपुर, 12 सेप्टेम्बर (हि.स)। नेपालको जेलबाट भागेर भारतमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा एक जना महिला बन्दीलाई पक्राउ गरिएको छ। पुलिस एवं सशस्त्र सीमा बल (एसएसबी)-ले संयुक्त अभियान संचालन गरी उक्त महिला बन्दीलाई पक्राउ गरेको हो। उसलाई गए बिहीवार राति किशनगञ्ज जिल्लाको टेरागछ प्रखण्डको फतेहपुर सीमामा पक्राउ गरिएको थियो। पक्रा पर्ने महिला नेपालको खजुरगाछी क्षेत्रकी वासिन्दा हो।

प्राप्त जानकारी अनुसार काठमाण्डौं जेलबाट भागेकी एक जना महिला बन्दीले भारतमा प्रवेश गर्ने चेष्टा गरेको सूचना पाउनसाथ एसएसबीको 12औं बटालियन तथा पुलिसले क्षेत्रमा छापा माऱ्यो। त्यसपछि महिलालाई भारतभित्र प्रवेश गर्ने प्रयास गरिरहेको समय पक्राउ गरियो। शुक्रवार सो महिला बन्दीलाई नेपाल पुलिसलाई सुम्पिइयो। उल्लेखनीय छ, नेपालमा भएको जन आन्दोलन अवधि धेरै वटा जेलहरू तोड़िएको थियो। यी महिला बन्दी पनि यस्तै एउटा जेलबाट भागेकी थिई।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande