भारतमा अवैध रूपमा बस्दै आएका चार जना बंगलादेशी नागरिक समातिए
भारतमा अवैध रूपमा बस्दै आएका चार जना बंगलादेशी नागरिक समातिए


नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको अपरेशन सेल टीमले अवैध रूपमा भारतमा बस्दै आइरहेका चार जना बंगलादेशी नागरिकहरूलाई हिरासतमा लिएको छ। यिनीहरूबाट बंगलादेशी पहिचान सम्बन्धि दस्तावेज जफत गरिएको छ। सबैलाई कानूनी प्रक्रिया पूरा गरिएपछि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ) समक्ष पेश गरियो। हाल एफआरआरओको सहयोगमा यिनीहरूलाई पुनः स्वदेश फर्काउने कारबाही शुरू गरिएको छ।

दक्षिण-पश्चिम जिल्लाका पुलिस उपायुक्त अमित गोयलले शुक्रवार बताए, जिल्लाको अपरेशन सेलको टीमलाई गुप्त सूचना प्राप्त भएको थियो कि केही बंगलादेशी महिलाहरूले क्याम्पस क्षेत्रमा कामको खोजीमा घुमिरहेका छन्। पुलिस टीमले घटनास्थलमा पुगेर संदिग्ध व्यक्तिहरूसित जाँचबुझ गऱ्यो। उनीहरूले कुनै पनि वैध भारतीय दस्तावेज पुलिसलाई देखाउन सकेनन्। जाँचबुझमा सबैले स्वीकार गरे, उनीहरू वर्ष 2017-मा भारत आएका थिए। केही आरोपीहरू बंगलादेशदेखि भारतीय भिजामा आएका थिए, तर फर्किएऩन्। आरोपीहरूको पहिचान फरजाना अख्तर, नजमा बेगम, रेशमा अख्तर र ओरको खानको रूपमा गरिएको छ।

पुलिस उपायुक्त अनुसार अहिलेसम्मको जाँचमा थाहा लागेको छ कि यिनीहरू द्लिली तथा मुम्बईमा कामको खोजीमा थिए। तर असफल भएपछि साउथ क्याम्पस क्षेत्रमा बस्दै आएका थिए। पुलिसले यिनीहरूको मोबाइल र सोशल मीडिया अकाउण्टको जाँच गरी यिनीहरूको आफन्तसित सम्पर्क गऱ्यो साथै बंगलादेशी पहिचान पत्र पनि प्राप्त गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande