छात्राको मृत्युबाट जादवपुर विश्वविद्यालय पुनः चर्चामा , 'बय फ्रेण्ड'- ले सोशल मीडिया पोस्ट गरी उठायो प्रश्न
छात्राको मृत्युबाट जादवपुर विश्वविद्यालय पुनः चर्चामा , 'बय फ्रेण्ड'- ले सोशल मीडिया पोस्ट गरी उठायो प्रश्न


कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालयमा एक जना छात्राको रहस्यमय परिस्थितिमा मृत्यु भएको घटनाले फेरि एक पटक खैलाबैला मचाइदिएको छ। गए बिहीवार अबेर राती छात्रा अनामिकालाई झीलबाट अचेत अवस्थामा उद्धार गरियो। अस्पतालमा पुऱ्याउँदा डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। यस मृत्युलाई लिएर अहिले पनि धेरैवटा प्रश्नहरू उठिरहेकै छन्। आखिर यति राती छात्रा झील नजिक के गरिरहेकी थिई र उसको मृत्यु कसरी भयो?

छात्राको मृत्यु भएको केही घण्टापछि नै सोशल मीडियामा उसको ‘पुरूष मित्र’ अत्रि भट्टचार्यको इशाराहरूले भरिपूर्ण पोस्ट बाहिरिएको छ। अनामिकासितको एउटा तस्वीर साझा गर्दै उनले लेखेका छन्, “मेरो मायामा अवश्य कुनै कमी थियो। मेरो पछिल्लो जन्मको कुनै पाप थियो। त्यसैले मलाई मात्र होइन, सबैलाई छोड़ेर गई। अब कुनै बातचित हुनेछैन, न हाँसो। मलाई यस नरकबाट पनि लैजान सक्थी मिष्टु।”

गए बिहीवार अबेर राति विश्वविद्यालयको चार नम्बर गेट नजिक झीलबाट अनामिकालाई अचेत अवस्थामा बाहिर निकालेर तुरून्त अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

जानकारी मुताविक हाल अत्रि अस्पतालमा भर्ती भएका छन्। एक मीडिया हाउससितको बातचितमा उनले बताए, बिहीवार उनको अनामिकासित कुनै बातचित भएको थिएन। अनामिका झीलको नजिकमा गएकी थिई वा किन गएकी थिई, त्यो पनि उनलाई थाहा छैन।

पुलिसले भनेको छ, मृत्युको रहस्यलाई सुल्झाउनको लागि अत्रिसित पनि जाँचबुझ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande