गुवाहाटी, 12 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, बोडोल्याण्ड टेरिटोरियल रिजन (बीटीआर) अब हिंसाको युगदेखि बाहिर निक्लेर शान्तिको मार्गमा अग्रसर भइसकेको छ।
मुख्यमन्त्रीले भने, राज्य सरकारले जैव-विविधता तथा प्राकृतिक परिवेशलाई संरक्षित गरी मानिसहरूलाई एक सुरक्षित वातावरण प्रदान गर्दछ। यसको प्रमाण बीटीआरमा शुरू गरिएको ‘ग्रीन मिशन’ योजनाको सफलता हो। पर्यटनलाई लिएर उनले भने, अहिलेसम्ममा अढ़ाई लाखभन्दा अधिक पर्यटकहरू बीटीआरमा आइसकेका छन् भने यहाँको जंगल पहिलाबाटै सुरक्षित छ।
सरमाले भने, “हाम्रो लक्ष्य भौतिक पूर्वाधारको विकास मात्र होइन, बीटीआरको समृद्ध प्राकृतिक घरोहरलाई संरक्षण गर्नु पनि हो। हामी विकसीत बीटीआर निर्माण गर्न दृढ़् संकइम्फाल, 12 सेप्टेम्बर (हि.स.)। सुरक्षा बलहरूले प्रतिबंधित संगठन कांगलेई यावोल कन्ना लूप (केवाईकेएल)- का एकजना सक्रिय कार्यकर्तालाई पक्राउ गरेका छन्। यसको साथै मणिपुरका भिन्न-भिन्न स्थानहरूमा संचालित अभियनहरूमा हतियार तथा विस्फोटकहरूको भण्डार नै जफत गरिएको छ।
मणिपुर पुलिस मुख्यालय अनुसार बितेको 24 घण्टाभित्रमा प्रतिबन्धित संगठनका क्याडरलाई पक्राउ गरिएको छ भने हतियारहरूको भण्डार पनि जफत गरिएको छ। विशिष्ट गोप्य सूचनाको आधारमा पुलिसले इम्फाल पश्चिम जिल्लाको लामसंग पुलिस स्टेशन अन्तर्गत लामसंग माखा लेइकाईस्थित आवासबाट मोइरंगथेम रञ्जीत सिंह (43)-लाई पक्राउ गऱ्यो। केवाईकेएलका सक्रिय सदस्य सिंह कथित रूपमा मानिसहरूबाट बलजफ्ती असुली तथा धम्की दिएर ऋण असुली गर्ने मामिलामा मध्यस्थताको रूपमा सामेल थिए।
खोजी गर्ने क्रममा सुरक्षा बलहरूले जफत गरेका सामग्रीहरूमा म्यागजिन सहित एउटा 9 मिमी पेस्तोल, एउटा पम्प-एक्शनशॉटगन, 12-बोर कारतूसको 18 राउण्ड, इंसास एलएमजीको दुई वटा खाली म्यागजिन, इंसास राइफलको दुई वटा खाली म्यागजिन, एउटा मोबाइल ह्याण्डसेट र एउटा आधार कार्ड सामेल छन्।
यस्तै अर्को अभियानमा सुरक्षा बलहरूले सोनापुरको पहाड़ी क्षेत्र तथा जिरीबाम जिल्लाको जिरीबाम पुलिस स्टेशन अन्तर्गत जयरोलपोकपी गाउँबाट अवैध हतियार तथा विस्फोटकहरूको एउटा भण्डारलाई नै जफत गऱ्यो जसमा मुख्य रूपमा एउटा संशोधित एसबीबीएल बन्दुक, तीनवटा देशी मजल-लोडिंग एसबीबीएल बन्दुक, एउटा .22 पेस्तोल, एउटा देशी .22 डीबीबीएल बन्दुक, आठ राउण्ड 12-बोर कारतूस, बारूदले भरिएको 56 वटा शीशि तथा तीन वटा सानो बोतल, 240 वटा शिशाको टुक्रा र बारूद भर्नको लागि प्रयोग गरिने एउटा फलामको रड सामेल छन्।
अधिकारीहरूले भने, यो जफती क्षेत्रमा अवैध हतियारहरूको प्रचलनको लागि एउटा ठूलो झट्का हो। उग्रवादी तथा आपराधिक गतिविधिहरूमाथि लगाम लगाउनको लागि गहन अभियान जारी रहने जानकारी पनि अधिकारीहरूले गराए।ल्पित छौं।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा