खरसाङको लङ्भ्यू चियाबारीमा‌ दोस्रो दिन पनि गेट मिटिङ सम्पन्न
Long-view-gate-meeting


खरसाङ, 12 सेप्टेम्बर (हि.स.)। खरसाङको लङ्भ्यू चिया बगानमा दोस्रो दिन पनि गेट मिटिङ गरियो। गत 6 सेप्टम्बरको दिन श्रम विभागलाई पत्राचार गरेर कम्पनीले यस वर्ष बोनस केवल 10 प्रतिशतको दरले दुई किस्तीमा दिने जनाएपछि हाल बगान स्तरमा श्रमिकहरूले गेट मिटिङ गरिरहेका छन्।

राज्य सरकारले 20 प्रतिशत बोनस दिनुपर्छ भन्ने एड्भाइजरी जारी गरे तापनि लङ्भ्यू चिया बगानका मालिक पक्षले सो एड्भाइजरीको अपमान गरेको भन्दै श्रमिकहरूले गेट मिटिङ जारी राखेका छन्। गेट मिटिङलाई सम्बोधन गर्दै हिल प्लान्टेसन इम्प्लोइज युनियन प्रतिनिधि गोविन्द लकान्द्रीले 20 प्रतिशत बोनसको छिनाफाना नभएसम्म गेट मिटिङ जारी रहने बताए। यता अमृता घिसिङले पनि विगत वर्षको भन्दा वृहत आन्दोलन गर्ने चेताउनी दिएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande