बिहार कंग्रेसको एआई भीडियोलाई मनजिन्दर सिंह सिरसाले बताए लज्जास्पद
बिहार कंग्रेसको एआई भीडियोलाई मनजिन्दर सिंह सिरसाले बताए लज्जास्पद


नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले शुक्रवार बिहार कंग्रेसको एआई भीडियोलाई लज्जाजनक बताउँदै त्यसको निन्दा गरेका छन्। उनले भने, जुन देशमा महिलाहरूलाई देवीको दर्जा दिइन्छ, त्यही देशमा आफ्नो राजनीतिक रोटी सेक्नको लागि बारम्बार प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको अपमान गर्नु कंग्रेसको निच मानसिकताको लज्जास्पद उदाहरण हो।

मन्त्री सिरसाले एक्स पोस्टमा भने, गान्धी परिवार र कंग्रेस मोदीसित घृणा गर्दा-गर्दै यहाँसम्म पुगे कि बारम्बार उनकी दिवंगत आमाको अपमान गरिरहेका छन्। कंग्रेस तथा गान्धी परिवारको संस्कार एवं सोच देखेर हरेक भारतीयले यही भनिरहेका छन्, आमाको अपमान, सहनेछैन हिन्दुस्तान।

उनले भने, आज सारा देशले देखिरहेका छन् कि कसरी यस देशका मातृशक्ति तथा मातृत्व कंग्रेसको निच राजनीतिको शिकार भएको छ। धिक्कार छ, कंग्रेसको यस्तो निज राजनीतिमाथि! धिक्कार छ ती मानिसहरूमाथि जसले मातृत्वको अपमान गरी आफ्नो राजनीतिक धरातल खोजिरहेका छन्।

उल्लेखनीय छ, बिहार कंग्रेसद्वारा पोस्ट गरिएको एआई जनरेटेड भीडियोमा कथित रूपमा प्रधानमन्त्री मोदी र उनकी दिवंगत आमा जस्तै दुईजना पात्रहरूलाई देखाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande