डायना नदीबाट नबालिकाको सड़िसकेको शव भेटियो
डायना नदीबाट नबालिकाको सड़िसकेको शव भेटियो


जलपाईगुड़ी, 12 सेप्टेम्बर (हि.स)। डायना नदीबाट एक अज्ञात नाबालिकाको क्षत-विक्षत शव फेला परेको छ। घटना शुक्रवार बिहान प्रकाशमा आएको हो जसले गर्दा क्षत्रमा कोकोहोलो मचियो। स्थानीय मानिसहरूबाट सूचना पाएर नागराकाटा थानाको पुलिसले नदीमा फसेको शवलाई आफ्नो कब्जामा लियो।

पुलिसको प्रारम्भिक अनुमान छ, उक्त शव भुटान तिरबाट बगेर आएको हो। नागराकाटा पुलिसले भुटान पुलिसलाई मामिलाको सूचना दिएको छ। यस सम्बन्धमा नागराकाटा थानाका आईसी कौशिक कर्मकारले बताए, नाबालिगको गलामा एउटा धागो थियो जसमा भुटानको जोंगखा भाषामा लेखिएको छ। यसैबाट अऩुमान लगाइँदैछ कि शव भुटानबाटै बगेर आएको हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande