कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। कोलकाता पुलिसले आनन्दपुरको गुलशन कलोनीमा भएको हिंसाको मामिलामा तीन जना मानिसहरूलाई हतियार सहित पक्राउ गरेको छ। पुलिस अधिकारीहरूले शुक्रवार यस आशयको जानकारी गराए।
गए बिहीवार साँझ गुलशन कलोनीमा उपद्रवीहरूको एक समूहले व्यापक तोड़फोड़ गरेका थिए। बाइक एवं पसलहरूलाई नोक्सान पुऱ्याएका थिए। आरोप छ, उपद्रवीहरूले बन्दुक र धारिलो हतियार उज्याउँदै केही राउण्ड हवाई फायरिंग पनि गरेका थिए। यस सम्पूर्ण घटनाक्रमको सीसीटीभी फुटेज पुलिससित छ।
पुलिसले आरोपीहरूको तस्वीर र जफत हतियारहरूको बारेमा जानकारी साझा गरेको छ। विश्वसनीय सूत्रबाट प्राप्त जानकारीको आधारमा डिटेक्टिभ विभागले गए बिहीवार एंटाली थाना क्षेत्रबाट दुईजना संदिग्धहरूलाई पक्राउ गऱ्यो जोसित देशी बन्दुक र दुईवटा जिउँदो कारतूस पनि थियो।
यसैबीच समानान्तर अभियानमा पुलिसले गुलशन कलोनीसित सम्बन्धित मामिलामा नारकेलडांगा थाना क्षेत्रबाट अर्को व्यक्तिलाई पनि पक्राउ गऱ्यो। उसको कब्जाबाट सेभेन एमएमको देशी पेस्तोल र जिउँदो कारतूस जफत गरियो
पुलिस अधिकारीहरू अनुसार यस मामिलामा शस्त्र अधिनियम अन्तर्गत अलग-अलग प्राथमिकी दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा