जलपाईगुड़ी, 12 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजाका तयारीहरूबीच जलपाईगुड़ी जिल्लाको बनरहाट ब्लकमा एकै रातमा तीन वटा चिया बगानहरू अचानक बन्द भए। आरोप छ, बोनस भुक्तान गर्नदेखि बच्नको लागि मालिक पक्ष बगान बन्द गरेर भाग्यो। यसले गर्दा पाँच हजारभन्दा अधिक श्रमिक परिवारहरू गहिरो आर्थिक संकटमा परेका छन्।
स्थानीय सूत्र अनुसार गए बिहीवार अबेर राति सबैभन्दा पहिला चामुर्ची चिया बगान बन्द भएको खबर फैलियो। त्यसको केही घण्टा नबित्दै रेड ब्यांक र सुरेन्द्र नगर चिया बगानलाई पनि मालिक पक्षद्वारा बन्द गरियो। एकै रातमा तीन वटा चिया बगान बन्द हुनाले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचिएको छ।
काम अचानक बन्द भएपछि शुक्रवार बिहानदेखिकै श्रमिकहरूले बन्द चिया बगानको गेटमा भेला भएर विरोध प्रदर्शन गरे। श्रमिकहरूको एक गुटले 31 नम्बर राष्ट्रिय राजमार्गलाई अवरूद्ध गरिदिए। अवरोधलाई हटाउन पुगेका बीडीओ र पुलिसलाई पनि श्रमिक आक्रोशको सामना गर्न पऱ्यो।
घटनाको खबर पाएर स्थानीय प्रशासन घटनास्थलमा पुग्यो। साथै तृणमूल कंग्रेससित सम्बन्धित श्रमिक संगठनका नेताहरूले पनि विरोध स्थलमा पुगेर श्रमिकहरूसित बातचित गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा