कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल स्कूल सर्भिस कमिशन (डब्ल्यूबीएसएससी) भर्ती घोटालामा सीबीआईले स्पष्ट पारिदिएको छ, पूर्व शिक्षामन्त्री पार्थ च्यटर्जीलाई नै सबै मामिलाको मुख्य दोषी मानिनेछ। जाँच एजेन्सीको सूत्र अनुसार अदालतमा ट्रायल प्रक्रिया अवधि सीबीआई आफ्नो यस निर्णयमा अडिग रहनेछ।
विशेष सीबीआई अदालतमा पहिला नै मामिलाको आरोप तय भइसकेको छ जसमा पार्थ च्यटर्जी सहित 21 जना मानिसहरूलाई अभियुक्त बनाइएको छ। शुक्रवार अन्य केही मामिलाहरूमा पनि आरोप तय गर्ने प्रक्रिया पूरा भएको छ।
सीबीआईले आफ्नो चार्जशीट र पूरक चार्जशीटमा पार्थ च्यटर्जीलाई सम्पूर्ण घोटालाको मास्टरमाइण्ड बताएको छ। जाँच अनुसार यो घोटाला 6 व्यापक श्रेणीमा भएको थियो क्रमैले सेकेण्डरी, हायर सेकेण्डरी औ अप्पर प्राइमरी शिक्षकहरूको नियुक्ति, प्राइमरी शिक्षकहरूको नियुक्ति तथा ग्रुप-सी र ग्रुप-डी श्रेणीका अशिक्षण कर्मचारीहरूको भर्ती।
सीबीआईको भनाइ छ, अन्य अभियुक्तहरू एक वा दुई श्रेणीका अनियमिततामा मात्र सामेल छन् भने पार्थ च्यटर्जीको भूमिका छ वटै श्रेणीमा पाइएको छ। त्यसैले उनलाई सम्पूर्ण घोटालाको मास्टरमाइण्डको संज्ञा दिइयो।
ईडीले पनि आफ्नो जाँच र चार्जशीटमा पार्थ च्यटर्जीलाई नै मुख्य षड़यन्त्रकारी बताएको छ। जुलाई, 2022-मा ईडीले उनलाई आफ्नै आवासबाट पक्राउ गरेको थियो। त्यसपछि सीहीआईले पनि उनलाई पक्राउ गऱ्यो।
हालैमा अलग-अलग मामिलाहरूमा अदालतले उनलाई जमानत दिसकेको छ, तर प्राथमिक शिक्षकहरूको नियुक्तिसित सम्बन्धित अनियमितताको मामिलाले गर्दा उनी अहिले पनि जेलभित्रै छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा