नयाँ दिल्ली, 12 सेप्टेम्बर (हि.स.)। सीपी राधाकृष्णनले शुक्रवार उपराष्ट्रपति पदको शपथ लिए। उनी देशका 15औं उपराष्ट्रपति बनेका छन्। शुक्रवार राष्ट्रपति द्रौपदी मुर्मूले सीपी राधाकृष्णनलाई राष्ट्रपति भवनमा आयोजित समारोहमा पद र गोपनीयताको शपथ दिलाइन्।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह, केन्द्रिय मन्त्री जेपी नड्डा सहित मन्त्रीमण्डलका सदस्यहरू उपस्थित थिए। आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबू नायडू एवं एनडीएका घटक दलहरूका नेता पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए। पूर्व उपराष्ट्रपति जगदीप धनखड़ पनि समारोहमा उपस्थित थिए।
उल्लेख्य, सीपी राधाकृष्णनले मंगलवार भएको उपराष्ट्रपति चुनाउमा संयुक्त विपक्षी उम्मेदवार बी सुदर्शन रेड्डीलाई हराएर जित हासिल गरे। उनलाई चुनाउमा 452 भोट हासिल भयो। उनले बिहिवार महाराष्ट्रको गवर्नरको पदबाट राजीनामा दिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी